Incident Reports

जातिय विभेद घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

2020-08-28

Sudurpashchim, Achham, Ramaroshan, Ward 2

रामारोशन गाउँपालिका–२ चाफामाडौँका १७ वर्षीय प्रकाश टमट्टामाथि भदौ १२ गते जातिय विभेद गरेको आरोपमा सोही ठाउँका ३४ वर्षीय रामबहादुर रावल, २६ वर्षीय दीर्घ रावल, १९ वर्षीया दिलु रावल, २७ वर्षीय सुरेश रावल, २१ वर्षीय विनय रावल र २६ वर्षीय गोकुल रावलविरुद्ध पीडित पक्षले भदौ २४ गते जिल्ला प्रहरी कार्यालय, अछाममा उजुरी दिएका छन् ।

रामारोशन गाउँपालिका–२ की १५ वर्षीया केशरी रावल र प्रकाश टमट्टबीच भएको मायाप्रेमको विषयलाई लिएर भदौ १२ गते प्रकाशमाथि जातिय विभेद गरी कुटपिट गरेकोले ६ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रकाशकी आमा कलावती टमट्टाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

तँ डुम रावलका घरमा आउने भन्दै आरोपितहरुले प्रकाशसहित परिवारका सदस्यलाईसमेत सार्वजनिक रुपमा गालीगलौज गरी धम्की दिइदै आएकाले आफूहरुको सुरक्षा र न्यायका लागि प्रहरीमा उजुरी दिएको कलावतीले बताउनु भयो ।

छोरामाथि जातिय विभेद गरी कुटपिट गरेको भन्दै प्रकाशकी आमा कलावती टमट्टाले न्याय पाउँ भन्दै किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दिनु भएकोले अदालतको अनुमती लिएर आवश्यक कार्वाही अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय,अछामका डिएसपी योगेन्द्रसिंह थापाले इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।

केशरी रावल घरभन्दा करिब ४ सय मिटर टाँढा रहेको रुखमा झुण्डिएको अवस्थामा भदौ १३ गते मृत फेला परेकी थिइन् ।

शवको पोष्टमार्टम भदौ १४ गते जिल्ला अस्पताल, अछाममा गरी आफन्तले शव बुझेर दाहसंस्कारसमेत गरिसकेका छन् ।

शिवराज ढुंगाना

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments