Incident Reports

जातीय विभेद घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

2021-04-20

समाजिक सञ्जालमार्फत दलित समुदायका व्यक्तिहरुलाई अपशब्द प्रयोग गरेर जातीय विभेद गरेको आरोपमा पञ्चेश्वर गाउँपालिका– ४ का प्रकाश चन्दविरुद्ध जिल्ला प्रहरी कार्यालय, बैतडीमा उजुरी दिइएको छ ।

मेलौली नगरपालिका– ५ का वडाध्यक्ष बलभद्र दयालले आरोपित चन्दविरुद्ध वैशाख ७ गते जिल्ला प्रहरी कार्यालय, बैतडीमा उजुरी दिएका हुन् ।

सामाजिक सञ्जालमार्फत दलित समुदायका व्यक्तिहरुलाई जातीय विभेद हुने शब्दहरु प्रयोग गरी गालिगलौज गरेकाले चन्दविरुद्ध जातीय विभेदको उजुरी दर्ता गरिएको वडाध्यक्ष दयालले बताउनु भयो ।

नेपाल छुवाछुतमुक्त राष्ट्र भइसकेको अवस्थामा समेत जातीय विभेद गर्दै गालिगलौज गरेकाले दोषीलाई कानुन अनुसार कार्वाही गर्नका लागि उजुरी दर्ता गरिएको वडाध्यक्ष दयालको भनाई छ ।

पञ्चेश्वर गाउँपालिका, दलित अधिकारको क्षेत्रमा क्रियाशिल संघसंस्था नेपाल उत्पिडित जातीय मुक्ति समाज, दलित महिला संघ (फेडो), राष्ट्रिय दलित नेटवर्क र महिला मानव अधिकार रक्षक सञ्जाल लगायतका संघसंस्थाहरुले घटनाको विरोध गर्दै विज्ञप्ति जारी गरेका छन् ।

नेपालको संविधानमा जातीय विभेद अन्त्य गरेको वषौँ भइसक्दा समेत यसरी सिङ्गो दलित समुदायलाई गम्भिर असर पर्ने गरी गालिगलौज गर्ने जोकोहिलाई पनि कानुनको दायरामा ल्याउनु पर्ने दलित अधिकारकर्मी सरस्वती नेपालीको भनाई छ ।

आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय, बैतडीमा उजुरी आएपछि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका डिएसपी नारायणप्रसाद अधिकारीले बताउनु भयो ।

जातीय विभेद गरेको आरोप लागेका व्यक्ति हाल भारतमा रहेको खुल्न आएको समेत डिएसपी अधिकारीले बताउनु भयो ।




नरी बडु

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
INSEC

0 Comments