Incident Reports

थाहा खबर: दलित भएकै कारण स्वास्थ्यकर्मीलाई गाईसमेत छुन दिइएन, प्रहरीमा उजुरी पर्‍यो

2021-06-20

Gandaki, Gorkha, Bhimsen, Ward 7

गोरखा : फिल्डमा खटिएका बेला आफूमाथि जातीय विभेद भएको भन्दै गोरखा भेटेरेनरी अस्पतालका पशु स्वास्थ्यकर्मीले प्रहरीमा उजुरी गरेका छन्।

गत आइतबार भीमसेन थापा गाउँपालिका वडा नम्बर-७ झप्रीमा खोप लगाउन जाँदा स्थानीय मीरा पौडेलले आफूमाथि जातीय विभेद गरेको भन्दै मंगलबार पशुस्वास्थ्यकर्मी  प्रीति गैरे र विशाल सिर्मलले प्रहरीमा उजुरी गरेका हुन्। उनीहरुले आज अस्थायी प्रहरी चौकी बोर्लाङमा उजुरी दिएका हुन्।

‘हामी गोरखा भेटेरेनरी अस्पतालद्वारा यही असार ५ गतेबाट सन्चालन भएको पशु पूर्ण खोप अभियान अन्तर्गत त्यहाँ पशुलाई खोप लगाउन गएका थियौँ। खोप लगाउन गोठमा जान खोज्दा तिमी त तल्लो जातको, हाम्रो गाई छ तिम्ले छुुनु हुन्न भनेर विभेद गर्नुभयो। अनि मसँगै गएको विशाल भाइ र म त्यहाँबाट बाहिर निस्कियौँ, हामीसँगै गएका लक्ष्मण श्रेष्ठ हुनुहुन्थ्यो, उहाँले खोप लगाइदिनुभयो’, गैरेले थाहाखबरसँग भनिन्। गैरे र श्रेष्ठ गोरखा भेटेरेनरी अस्पतालमा करारमा कार्यरत छन् भने सिर्मल ओटेजी गरिरहेका छन्।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public) Dalit
Actor 2 - Youth na
National/Online Media

0 Comments