Incident Reports

अन्तरजातीय विवाह गरेका जोडीमाथि आक्रमण: दलित भन्दै मलाई पिटे, मालतीलाई खोसेर लगे

2021-07-09

धनगढी—कैलालीमा अन्तरजातीय विवाह गरेर जंगलमा लुकेर बसेको जोडी घर पुग्ने बित्तिकै युवतीका आफन्तको आक्रमणमा परेको छ । शुक्रबार बिहान युवतीका आफन्तले सहमतिमै छलफल गर्ने र एकपटक सोधपुछ गर्ने भन्दै बोलाउन आग्रह गरेका थिए । अन्तरजातीय विवाह गरेका कैलालीको भजनी नगरपालिका ७ का प्रकाश विश्वकर्मा र मालती रावल सोही आश्वासनपछि २१ दिन जंगलको बसाई टुंग्याएर घर पुगेको थियो ।

तर घर पुगेको जोडी केही समयमै युवतीका आफन्तको आक्रमणमा परेको हो । युवकलाई कुटपिट गरेर युवतीका आफन्तले युवतीलाई जबर्जस्ती लिएर गएका छ्न् । उनीहरुले दलितलाई छोरी दिन नसकिने भन्दै जबर्जस्ती खोसेर लगेको युवक विश्वकर्माले दलितअनलाईनलाई बताए ।

‘हामीलाई एकपटक सोधुपछ गर्ने भनेर बोलाएका थिए । त्यही विश्वासमा हामी जंगलबाट डराई डराई घर आयौँ’ उनले दलितअनलाईनसँग भने, ‘घर पुग्नेवित्तिकै मलाई कुटपिट गरेर मालतीलाई पिट्दै लिएर गए ।’

उनीहरुले यसअघि गाउँमा कसैले पनि अन्तरजातीय विवाह स्वीकार नगर्ने भन्दै जंगलमै लुकेर बसेको बताएका थिए । लामो समयसम्म जंगलमा लुकेर बस्नुपरेपछि उनीहरुले सामाजिक सञ्जालमार्फत आफ्नो पीडा बाहिर ल्याएका थिए । सुरुमा उनीहरुले यो पीडा आफन्तलाई भनेका थिए । त्यसपछि आफन्तबाट अधिकारकर्मी हुँदै सञ्चारमाध्यममा उनीहरुको भिडियो पुगेको थियो । तर युवतीका आफन्तले निरन्तर धम्की दिदैँ आएका थिए ।

सोही धम्कीपछि उनीहरु झन् डराएका थिए । सकेसम्म फोनमा नसके सामाजिक सञ्जाल फेसबुकमा निरन्तर चेतावनीपूर्ण एसएमएस आइरहेका प्रकाशले बताए ।

‘मैले स्क्रिनसर्ट राखेको छु’ प्रकाशले दलितअनलाईन सँग भने, ‘भेटाएमा मारिदिने, रुकुम हत्याकाण्डजस्तै मारेर फालिदिने धम्की दिइरहेका थिए । तर मेरो घरका मान्छेले एकपटक घर आउ भनेपछि पुगेका हौँ । तर हामीले सोचेजस्तै घर पुग्नेवित्तिकै ममाथि कुटपिट भयो । मालतीलाई उठाएर लिएर गएका छन् ।’

युवक र युवती घर पुगेको थाहा पाउनेवित्तिकै युवतीका आफन्त बाइक तथा कार लिएर आएका युवकका आफन्तले बताएका छन् । युवतीलाई लैजानका लागि झण्डै ३० देखि ४० जना मान्छेहरु गाडी लिएर आएका प्रकाशको भनाइ छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth na
National/Online Media

0 Comments