Incident Reports

जातीय विभेद घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

2021-08-04

Sudurpashchim, Bajura, Khaptad-Chededaha, Ward 6

खप्तड छेडेदह गाउँपालिका–६ सुदाडाका केशे सार्कीले बडिमालिका नगरपालिका–४ तिपाडाका व्यापारी हंशबहादुर विष्टविरुद्ध साउन २१ गते जतीय विभेद गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, बाजुरा उजुरी दिएका छन् ।

साउन २० गते सार्बजनिक स्थल मै आफूमाथि जातीय विभेद गरेको भन्दै सार्कीले जिल्ला प्रहरी कार्यालय, बाजुरामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, बाजुराका इन्स्पेक्टर धनदेव साउदले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

बडिमालिका नगरपालिका–४ तिपाडामा व्यापार गर्दै आएका विष्टले बजार क्षेत्रमा सबैको सामुन्नेमा डुम, चमार, हैसियत नभएको भन्दै आफूमाथि गालिगलौज गरी कुटपिट गरेकोले जातीय विभेद कसुर सजाय ऐन अन्तर्गत जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडितले इन्सेक प्रतिनिधिसँग फोन सम्पर्कमा बताउनु भयो ।

खप्तड छेडेदह गाउँपालिका– ६ सुदाडा घर भएका विष्ट र सार्की गाउँले पनि हुन् ।

पीडित सार्की साउन १९ गते मार्तडी बजारमा नुन, लत्ता कपडा किन्न र विजुलीको बिल रकम बुझाउन आएका थिए । साउन २० गते घर जाने बेला तिपाडा बजारमा तेरो भाइले लिएको उदारो समानको पैसा तिर्दैन् ? तिमीहरु डुम भनेको हैसियत नभएका हौँ भन्दै आफूमाथि कुटपिट र गालिगलौज गरेको पीडितको आरोप छ ।

बडीमालिका नगरपालिका– ५ का वडाध्यक्ष बलबहादुर थापा, खप्तड छेडेदह गाउँपालिका–६ का निर्प सागर, बडीमालिका नगरपालिका–१ पाटाका नन्दे खत्री लगायतले विष्टलाई बोलाएर छलफल गर्न खोज्दा पुनः डुम चमारसँग के छलफल गर्नु भनेर उल्टै धम्की दिएपछि आफू उजुरी गर्न बाध्ये भएको पीडित सार्कीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

बडीमालिका नगरपालिका–५ का वडाध्यक्ष बलबहादुर थापले घटना आफू रहेको वडामा भएको जानकारी पाएपछि दुवै पक्षसँग घटनाका सम्बन्धमा जानकारी लिन र छलफल गर्ने प्रयास गरेको भएपनि आरोपित विष्टले उल्टै गालिगलौज गर्न थालेपछि पीडित सार्र्की न्यायका लागि जिल्ला प्रहरी कार्यालय गएका इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

सार्कीले आफूमाथि जातीय विभेद भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताउँदै दुवै पक्षलाई बुझेर दर्ता प्रक्रिया अगाडी बढाउने जिल्ला प्रहरी कार्यालय, बाजुराका इन्स्पेक्टर धनदेव साउदले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

घटनाका सम्बन्धमा थप जानकारी लिनका लागि साउन २२ गते दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालयमा बलाइएको भएपनि आरोपित व्यक्ति कार्यालयमा पुगी नसकेको इन्स्पेक्टर साउदले बताउनु भयो ।

सिन्धुपाल्चोक जिल्लामा रहेर मानव अधिकार अभिलेख र प्रसारको काम गर्दै आउनुभएका नातिबाबु धिताल २०७८ असार महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । उहाँ जिल्लाका समसामयिक मानव अधिकार सवालमा पैरवी गर्न र समाचार लेख्न रुची राख्नु हुन्छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Primary Form Public humiliation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth na
INSEC

0 Comments