Incident Reports

दलितबस्ती शुद्ध खानेपानी पाउनबाट वन्चित – इन्सेक

2021-08-14

Sudurpashchim, Dadeldhura, Amargadhi, Ward 11

अमरगढी नगरपालीका– ११ लिटिरी गाउँस्थित दलित सहुदायका व्यक्तिहरु लामो समयदेखि शुद्ध खानेपानी पाउनबाट वन्चित भएका छन् ।४० घर दलितबस्ती भएको लिटिरी गाउँका दलित समुदायका व्यक्तिहरु शुद्ध खानेपानीको अभावमा कुवाँको फोहोर पानी खान बाध्य भएका छन् ।दलितबस्तीमा वर्षौदेखि खानेपानीको समस्या रहेको भएपनि स्थानीय तह, प्रदेश र संघीय सरकारले कुनै पहल नगरेका कारण लामो समयदेखि कुवाँको फोहर पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीय दलित समुदायको आरोप छ ।

दलितबस्तीमा पर्याप्त पानीको अभावका कारण गाउँका दलित समुदायका व्यक्तिहरुलाई शौचालयदेखि सरसफाईमा समेत समस्या भइरहेको स्थानीय जसुदेवी सार्कीले गुनासो गर्नु भयो ।खानेपानी योजनाको विस्तृत अध्ययन नगरिकन धाराहरु जडान गर्दा धारामा पानी नै नआउने गरेको कारण समस्या उत्पन्न भएको स्थानीय मोहन सार्कीले गुनासो गर्नु भयो ।

शुद्ध खोनपानीको अभावमा यस क्षेत्रका दलित समुदायको स्वास्थ्यमा पनि नराम्रो असर परिरहेको छ । स्वास्थ्यका लागि शुद्ध पानी अत्यावश्यक भएपनि आफूहरुले आवश्यकता अनुसार सामान्य पानी समेत उपभोग गर्न नपाएको स्थानीय प्रवीण सार्कीले गुनासो गर्नु भयो ।नगरपालिका भित्र बसोबास गर्ने दलितबस्तीमा खानेपानीको समस्या भएकाले समस्या सामाधान गर्न नगर कार्यपालिकाले बजेट विनियोजन गरेर समस्या सामाधानका लागि पहल भइरहेको अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वर प्रशाद ओझाले बताउनु भयो ।


0 Comments