Incident Reports

जातीय छुवाछुत घटनाका आरोपितविरुद्ध उजुरी

2023-05-09

Madhes, Mahottari, Gaushala, Ward 2

गौशाला नगरपालिका–१ का १६ वर्षीय अविनास पासवानलाई कथित ठूला जातिको भोज खाएको निहुँमा कुटपिट गरेको आरोपमा पीडित पक्षले सोहि वडाका ४० वर्षीय रामबिनेक यादवविरुद्ध इलाका प्रहरी कार्यालय गौशालामा वैशाख २७ गते उजुरी दिएको छ । गौशाला नगरपालिका–१ का सुरतन यादवले आमाकोे १३ औँ दिनको पुण्यतिथिको अवसरमा भोजको आयोजना गरेको हँुदा बालक टेन्टको काम गर्न वैशाख २६ गते गएका थिए ।

टेन्टको काम पश्चात भोज खादै गर्दा आरोपित रामबिनेक यादवले बालक पासवानलाई “त तल्लो जातको मान्छे यहाँ किन आएको र किन भोज खाएको” भन्दै वैशाख २६ गते भोज खाने ठाउँ मै आएर गाली बेइज्जती गर्नुका साथै कुटपिट गरेको आरोप छ । छुवाछुतको नाममा कुटपिट गरेको भन्दै आरोपित यादवविरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय गौशालामा उजुरी दिए पनि उजुरीको कुनै सुनवाइ नभएको पीडितका बुबा शत्रुधन पासवानले बताउनु भयो ।

पीडित पक्षले न्यायको लागि पहल गरिदिनु हुन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) महोत्तरी जिल्ला प्रतिनिधिलाई वैशाख २७ गते लिखित निवेदन दिएका छन् । इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर मनोज यादवले घटना भएको तर सामान्य कुटपिटको घटना भएकोले दुबै पक्षलाई बोलाएर मिलाउने बताउनु भयो । पीडित परिवारले यस घटनामा कुटपिट गर्ने आरोपित रामबिनेक यादवले यसअघि पनि पीडित अविनास पासवानको आमालाई समेत कुटपिट गरेका थिए । त्यति बेला पनि प्रहरीले कुनै चासो नलिएको पीडित परिवारको आरोप छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments