Incident Reports

दलित सङ्घका केन्द्रीय सदस्यमाथि अज्ञात समूहद्वारा आक्रमण

2015-01-28

Karnali, Dolpa, Tripurasundari

 त्रिपुराकोट गाविस-१ का नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल दलित सङ्घका केन्द्रीय सदस्य ४२ वर्षीय राजीमान सार्की ०७१ माघ १४ गते राती ११ बजे अज्ञात समूहको आक्रमणमा परी घाइते भएका छन् । त्रिपुराकोटस्थित कोटबजारबाट घरतर्फजाँदै गर्दा मुख छोपेका तीन/चार जनाको सङ्ख्यामा रहेको एक समूहले हाम्रो पार्टी विरुद्ध बोल्ने यही हो समयमै ठीक गर्नुपर्छ भन्दै पछाडिबाट लठ्ठी र ढुङ्गाले हिर्काउँदा टाउको र निधारमा गहिरो चोट लागेको पीडित परिवारले जानकारी गराए । घाइते राजीमान सार्कीको त्रिपुराकोटस्थित त्रिपुरा मेडिकलमा उपचार भइरहेको र आक्रमणकारीको खोजी भइरहेको त्रिपुराकोट इलाका प्रहरी इन्चार्ज रोमहर्ष सिजवालले बताए । विष्णुप्रसाद देवकोटा
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit Organizations
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments