Incident Reports

बलात्कार आरोपितविरुद्ध पाँच वर्षकैदको फैसला

2015-02-08

महिलालाई विवाह गर्ने बहानामा शारीरिक सम्बन्ध राखेर बलात्कार गरेको आरोपमा प्रहरी अनुसन्धानमा रहेका पाँचथर ओयाम-१ का ३१ वर्षीय दुर्गा नेपालीलाई जिल्ला अदालत इलामले पाँच वर्षकैद फैसला गरेको छ । जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले माघ २५ गते नेपालीलाई मुलुकी ऐन जबजरस्ती करणीको एक नम्बर र तीन (५) नम्बरको कसुरमा सोही महलको तीन (५) नम्बर बमोजिम पाँच वर्षकैद फैसला गरेको अदालतका निमित्त श्रेस्तेदार अर्जुन श्रेष्ठले बताए । अदालतले पीडित महिलालाई २५ हजार रुपियाँ क्षतिपर्ूर्ति भराउन पनि नेपालीलाई आदेश दिएको श्रेष्ठको भनाइ छ । 'प्रहरीको गुप्तचर हुँ, विवाह गर्छु भन्दै बलात्कार गरेको पुस्टि भएपछि जिल्ला प्राविधिक कार्यालयको जागिरबाट निलम्बित गरेको इलामका डिएसपी अनुपम शम्सेर जबराले बताए । गजुरमुखी गाविसकी २२ वर्षीया एक महिलालाई नेपालीले विवाह गर्ने बहानामा शारीरिक सम्बन्ध राखेर बलात्कार गरेको भन्दै ती महिलाले पुस ११ गते जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दिएकी थिइन् । नेपालीलाई प्रहरीले पुस ११ गते नै गिरफ्तार गरी उनीविरुद्ध जबरजस्तीकरणी मुद्दा दर्ता गरेको थियो । नेपालीका जेठी पत्नी दिलकुमारी र दुई छोराछोरी हुँदाहुँदै अर्की एक महिलालाई पनि विवाह गरेको भन्दै भुक्याएर आठ महिनाअघि गर्भवती बनाएको खुलेको डीएसपी जबराले बताए । कोकिला ढकाल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments