Incident Reports

सयौँ दलित परिवारको बिचल्ली

2015-02-12

Madhes, Mahottari, Manra Siswa, Ward 6

महोत्तरी जिल्लाको बथनाहा गाविसको दशगजा क्षेत्रमा वर्षांैदेखि बसोबास गर्दै आएका सयौँ दलित घरपरिवार बिचल्लीमा परेका छन् । सो गाविसको वडा नं ५, ६, ७ र ८ वडामा बसोवास गर्दै आएका करिब तीन सय मुसहर, खत्बे, बिनलगायत दलित परिवारलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले दशगजा क्षेत्र खाली गर्न आदेश दिएको छ । पुर्खौंपुर्खादेखि दशगजा क्षेत्रमै बसोवास गर्दै आएका ती भूमिहीन दलित परिवारलाई अर्को ठाउँमा जान जग्गाजमिन नरहेको, घरबार बनाउन साधनस्रोत नभएको र ठुल्ठूला जहान परिवार रहेकाले उनीहरु एसएसबीको उर्दीले बिचल्लीमा परेको बथनाहा–६ का श्रीचन सदाले बताए । भारतीय एसएसबीले आउँदो पाँच दिनभित्र दशगजा क्षेत्र खाली नगरे डोजर चलाइदिने र सबैको घरबार भत्काइदिने भनेको बथनाहा–५ रामजी खत्बेले बताए । राजनीतिकर्मी सुदीपकुमार झाले ती दलितको समस्याप्रति नेपाल र भारत सरकार दुवैले सोचिदिनुपर्ने माग गरे ।
National/Online Media

0 Comments