Incident Reports

जातीय विभेदका कारण पौवामा काजकिरिया गर्न बाध्य

2015-03-11

 कास्की जिल्ला रुपाकोट गाविस-४ घर भई अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा बसोबास गर्दै आएकी ३८ वर्षीया बेलकुमारी परियार र उनका दुई छोराहरु विशाल कुवर र विश्वास कुवर जातीय विभेदका कारण पौवामा काजक्रिया गर्न बाध्य भएका छन् । बेलकुमारीका पति ४४ वर्षीय विष्णुबहादुर कुवँर क्षत्री मृत्युपछि घरमै किरिया गर्ने भनिएकोमा जेठाजु हरिबहादुर खड्काले दलितसँग विवाह गरेकोले जन्मघरमा काजकिरिया गर्न नमिल्ने भनि बताएपछि बाध्य भएर पौवामा काजकिरिया गरिएको पत्नी बेलकुमारी परियारले बताइन् । पतिको मृत्युपछि घरमा गएर काज किरिया गछौँ भन्दा अन्तरजातीय विवाह र दलित भएको कारण जेठाजु हरिबहादुर खड्का रिसाएर झगडा गरेपछि बाध्य भएर पौवामा किरिया गर्नु परेको बेलकुमारी परियारले दुःखेसो गरिन् । विष्णुबहादुर र बेलकुमारीबीच ०५७ सालमा प्रेम सम्वन्धवाट अन्तरजातिय विवाह भएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth noyouth
INSEC

0 Comments