Incident Reports

तल्लो जातको भन्दै कुटपिट र दुर्व्यवहार

2015-03-12

Lumbini, Rupandehi, Sudhdhodhan

खडवा बनगाई गाविस-८, पडेरहवाको एक दलित परिवारमाथि कथित तल्लो जातको भन्दै दुर्व्यवहार र कुटपिट भएको छ । पडेरहवा टोलका वंशलाल हरिजनको घरमा विवाहको सर्न्दर्भलाई लिएर गाउँका केही स्थानीय युवाहरुले तल्लो जात भएको भन्दै कुटपिट गरेको पीडितले बताएका छन् । गत फागुन २८ गते वंशलाल हरिजनकी नातिनी प्रमिला हरिजनको विवाहमा बाजा बजाउँदा दलितको घरमा बाजा बजाएको भन्दै केही जन्तीसहित माइती पक्षका केहीलाई कुटपिट गरेको पडितले बताए । पीडित हरिजन परिवारले चैत ९ गते इलाका प्रहरी कार्यालय, रन्यौरामा आफूहरूमाथि जातका आधारमा कुटपिट भएको भन्दै निवेदन दिएका छन् । पीडितको उजुरीका आधारमा स्थानीय ४ युवालाई नियन्त्रणमा लिइएको छ । स्थानीय ३० वर्षीय राजेश लोध, २८ वर्षीय मल्लु लोध, ३१ वर्षीय दुधराज लोध र ३२ वर्षीय नागेन्द्र लोधलाई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक सिलवालले बताए । आरोपितले गल्ती स्वीकार गर्दै आगामी दिनमा त्यस्तो नगर्ने बताएका थिए । पीडित हरिजन र आरोपितबीच छलफल गराइएको प्रहरीले बताएको छ । पीडित वंशलाल हरिजनले गाउँमा आफ्नो परिवारमाथि विभिन्न समयमा तल्लो जातको भन्दै गाउँलेले विभेद गर्ने गरेको गुनासो गरेका छन् । जातीय विभेद तथा छुवाछूत गर्नेलाई कानुन अनुसार ३ महिनादेखि ३ वर्षसम्म जेल तथा २५ सयदेखि २५ हजारसम्म क्षतिपूर्ति हुने कानुनी व्यवस्था छ । अमृत गिरी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth na
INSEC

0 Comments