Incident Reports

उपल्लो जातकि युवतीलाई भगाएर बिहे गरेको भन्दै दलित युबक माथि कुटपिट

2015-07-13

नेवारकी छोरी भगाएर बिहे गरेको भन्दै सोमवार ११ बजे सुनसरीको प्रकाशपुरमा एक दलित युवकमाथि निर्घात कुटपिट भएको छ । एक महिनाअघि सुनसरी प्रकाशपुर–१ की सुष्मा श्रेष्ठसँग प्रेम विवाह गरेका प्रकाशपुर–६ का अनिल दियालीमाथि केटी पक्षका आफन्तहरुले निर्घात कुटपिट गरेको केटापक्षका आफन्तहरुले बताएका छन । घरबाट स्थानीय बजारतर्फ जाने क्रममा साइकलमा आएका २ युवाहरुको समुहले एकाएक कुटपिट गरेको पीडित अनिल दियालीले बताए । आफुलाई कुटपिट गर्ने आफ्नै श्रीमतीको भाइ विजय श्रेष्ठ रहेको उनले बताएका छन । हाम्रो दिदीलाई आँखा लगाउँछस् भन्दै दुई युवाहरुको समुहले एकाएक आफुमाथि कुटपिट थालेको पीडित दियालीले बताएका छन । कुटाइबाट दियालीको टाउको र कानमा गहिरो चोट लागेको छ । कुटपिटपछि दियालीसहितका स्थानीय अभिभावकहरुले प्रकाशपुर प्रहरीमा उजुरी दिएका छन । कुटपिटबाट घाइते बनेका दियालीको प्रकाशपुरस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी प्रकाशपुरका प्रहरी नायब निरीक्षक शुरेन्द्र ढुङ्गेलले बताए । घटना सम्बन्धि जानकारी भइसकेकाले दियालीलाई कुटपिट गर्ने व्यक्तिहरुको समुहको खोजी कार्य भइरहेको प्रहरी नायब निरीक्षक शुरेन्द्र ढुङ्गेलले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments