Incident Reports

स्वर्गद्वारीमा ब्राह्मण निलम्बित, जातीय विभेद नहुने स्पष्टोक्ति

2015-08-16

Lumbini, Pyuthan, Sworgadwary

स्वार्गद्वारी आश्रमले ‘आश्रममा दलितमाथि विभेद’ भन्ने विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै विवादित ब्राह्मण दण्डपाणि चालिसेलाई निलम्बन गरेको छ । आश्रम व्यवस्थापन समितिले विज्ञप्ति जारी गर्दै आश्रममा जातीय आधारमा कसैमाथि पनि विभेद नहुने बताएको छ । दाङको त्रिपुर नगरपालिका–६ सिस्नेरीका बसन्ता र भिबहादुर नेपालीलाई प्यूठानस्थित स्वर्गद्धारी आश्रममा पूजा गर्नबाट बञ्चित गरिएको भन्ने समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि आश्रमले विज्ञप्ति जारी गरेको हो । विज्ञप्तिमा नेपाली दम्पतीले पूजाका लागि आश्रमभित्र औपचारिक रुपमा रसिद काटी तोकिएका व्यक्तिबाट पूजा गराउनु पर्नेमा त्यसो नगरी आश्रममा गाई दुहुने व्यक्तिसँग सम्पर्क गरेको र उनले मन्दिरमा पूजा गर्ने नियमअनुसार नगराई आश्रम बाहिरै पूजा गराउँदा आस्थावान व्यक्तिमाथि दुर्व्यवहार हुन पुगेको समितिले जनाएको छ । समितिले आश्रमभित्रका कुनै पनि मन्दिरमा पूजा अर्चना गर्न–गराउनका लागि आश्रममा निश्चित शुल्क तिरेर रसिद काटी तोकिएका ब्राह्मणबाट गराउनु पर्ने नियम गत १ वैशाखदेखि लागू गरिएकाले पूजा गर्न गराउन चाहने जो कोहीले आश्रमभित्र सम्पर्क राख्न पनि आग्रह गरेको छ । हरिप्रसाद अधिकारीद्वारा जारी विज्ञप्तिमा आश्रमभित्र कसैमाथि पनि जातीय विभेद नहुने भन्दै त्यसो भएमा व्यवस्थापन समितिसँग सम्पर्क गर्न पनि भनिएको छ । सिस्नेरीका नेपाली दम्पतीको सम्पर्कमा आएका दण्डपाणी चालिसेले भक्तजनलाई आश्रमको नियम नबुझाई बाहिरै काम सम्पन्न गराउन खोजी आश्रमको नियम उल्लंघन गर्नुका साथै भ्रम सिर्जना गरेकाले एक महिनाका लागि निलम्बन गरिएको समितिले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Related to discrimination against Dalits
Secondary Cause Religious sectarianism
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Religious leader
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments