Incident Reports

छुवाछूत घटनाका आरोपित गिरफ्तार

2015-10-12

Madhes, Siraha, Lahan, Ward 5

 छुवाछूत घटनाका आरोपित धनगढी गावि -३ का ३५ वर्षीय पवन महतोलाई इलाका प्रहरी कार्यालय लहानले असोज २४ गते गिरफ्तार गरेको छ । धनगढी गाविस-३ की ५५ वर्षीय प्रमीला मल्लिकले आफूहरूलाई इनारमा पानी खान नदिएको, इनार छुएको भन्दै कुटपिट गरेको आरोपमा आरोपितहरूविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा असोज १३ गते उजुरी दिएकी थिइन् । सो ठाउँमा दलितहरू ००७ सालदेखि नै बसोबास गरेको हुन् । उनीहलाई सार्वजनिक इनारबाट आफै पानी भरेर खान नदिएको, पानी चाहिएमा गैरदलितहरूलाई हागुहार गर्नुपर्ने र दलितहरूले बाँसका सामग्रीहरू दिएमात्र गैरदलितहरूले पानी दिने गरेका थिए । सरकारको पहलमा दलितहरूले ०७२ साउन २० गते इनारबाट पानी भरेर खान थालेपछि विभिन्न बहानामा गाली बेइज्जत गर्ने र कुटपिट समेत गर्ने गरेकोले कारबाहीको लागि उजुरी हालेको पीडित मल्लिकले बताइन् । इलाका प्रहरी कार्यालय लहानका डिएसपी उमाप्रसाद चतुर्वेदीका अनुसार आरोपितलाई गिरफ्तार गरी कारबाहीका लागि जिल्ला अदालतबाट म्याद थप गरेको बताए । सो घटनाको विषयमा अनुगमन गर्न राष्ट्रिय मानवअधिकार आयोग, इन्सेक, मानवअधिकार संरक्षण केन्द्र संजाल, सञ्चारकर्मीसहितको टोली ०७२ साउन १९ गते गएको थियो । दुर्गा परियार
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments