Incident Reports

बगान छोडे चिया मजदुरले: माग पूरा नभए नफर्किने चेतावनी

2019-03-31

Province 1, Jhapa, Birtamod

झापा : आइतबारदेखि देशभरका चिया मजदुरले अनिश्चितकालसम्मका लागि काम ठप्प बनाएर चरणबद्ध आन्दोलन सुरु गरेका छन्।आफ्ना माग पूरा नभएसम्म काममा नफर्किने चेतावनी समेत दिएका छन्।आजबाट उनीहरुले सदरमुकाममा विरोधसहितको कोणसभा गरेर आन्दोलन सुरु गरेका हुन्। 

आज झापाको सदरमुकाम चन्द्रगढीमा ३ हजारको संख्यामा आएका मजदुरले 'सरकारले ९ महिनाअघि बोलेका कुरालाई तुरुन्त लागु गर्नुपर्ने' माग गरेका छन्। सरकारले नै श्रमिकका लागि तोकेको न्यूनतम पारिश्रमिक नेपालका चिया बगानमा कार्यरत मजदुरले ९ महिनासम्म पनि पाउन नसक्नु लज्जास्पद भएको जिफन्टका प्रदेश उपाध्यक्ष सन्तकुमार राईले बताए। 

सरकारले तोकेअनुसार श्रमिकले न्यूनतम आधारभुत पारिश्रमिक दैनिक २ सय ३१ र महंगी भत्ता १ सय ५४ गरी जम्मा ३ सय ८५ पाउनुपर्नेमा सरकारले चिया व्यवसायीको कुरा सुनेर उक्त ज्याला दर लागु गर्न नसकेको नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दिपक तामाङले सरकारको ध्यानाकर्षण गराएका छन्। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis