Incident Reports

भारतमा रहेका आफन्तलाई स्वदेश ल्याउनुपर्ने माग राख्दै  नगरपालिका घेराउ

2020-05-01

कोरोना संक्रमण फैलिन नदिन नेपाल–भारत दुवै देशबीच सीमा क्षेत्रमा आवतजावत पूर्ण बन्द गर्ने सहमतिअनुरूप कडाइ गरिएको छ । दुईतिर भारतसँग सीमा जोडिएको कञ्चनपुरमा समेत सीमा क्षेत्रमा कडाइ पारिएको हो । तर, भारतमा रहेका आफन्तलाई स्वदेश ल्याउनुपर्ने माग अघि सारेर कञ्चनपुरको महाकाली नगरपालिका घेराउ गरिएको छ । 

रोजगारीका सिलसिलामा भारतका विभिन्न सहरमा रहेका नेपालीलाई घर ल्याउनुपर्ने व्यवस्थाको माग अघि सारेर स्थानीयले शुक्रबार नगरपालिका कार्यालय घेराउ गरेका हुन् । चुनावका वेला भारतमा रहेका आफन्तलाई जसरी भोट दिलाउन ल्याए, अहिले संकट पर्दा पनि त्यसैगरी ल्याउनुपर्ने व्यवस्थाको माग अघि सारेर आन्दोलनमै उत्रेका हुन् ।

लकडाउन नै उल्लघंन गरेर सयौँको संख्यामा नगरपालिका पुगेका स्थानीयले चुनावका वेला भारतलगायत विदेशमा रहेका आफ्ना मान्छेलाई बोलाउन कर गर्ने, तर अहिले संकट पर्दा जनप्रतिनिधिले ल्याउन पहल नगरेको उनीहरूको आरोप छ । नेकपाका युवा नेता एवं महाकाली नगरका स्थानीय भरत भट्टले लकडाउनका कारण भारतमा अड्किएका आफन्तलाई स्वदेश फिर्ताको माग राखेर स्थानीयले नगरपालिका कार्यालय घेराउ गरेको बताए । 

उनका अनुसार भारतमा रहेका नेपालीलाई खाद्यान्न बस्नको समस्या भएकाले यथाशीघ्र नेपाल फर्काउनुपर्ने माग अघि सारेका छन् । उनीहरूले भारतबाट ल्याएर नेपालमा क्वारेन्टाइनमा बस्न तयार भएको बताएका छन् । चीनमा पनि कोरोना संक्रमण हुँदा सरकारले आफ्ना नागरिकलाई उद्धार गरेर ल्याएको भन्दै भारतमा रहेका नेपालीलाई किन नल्याउने भन्दै प्रश्न गरिरहेका छन् । 

महाकाली नगरपालिका प्रमुख वीरबहादुर सुनारले कामका लागि भारतमा रहेका नेपालीका आफन्तले स्वदेश फिर्ता ल्याउनुपर्ने माग अघि सारेर कार्यालयमा आएको बताए । नगरप्रमुख सुनारका अनुसार भारतमा रहेका आफन्तले राखेको माग नगरपालिकाको कार्यपालिका बैठकबाट निर्णयसमेत गरेर स्थानीय प्रशासन, प्रदेश र संघीय सरकारलाई पत्राचार गरेको बताए । ‘जनताले हामीसँग राखेको माग सीधै हामीले निर्णय नै गरेर प्रदेश र संघीय सरकारमा बुझाएका छौँ,’  नगर प्रमुख सुनारले भने, ‘यो विषय हाम्रो तहबाट हुँदैन ।’

 शुक्रबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूर खतिवडासहितको टोलीसँग पनि स्थानीयले यथाशीघ्र भारतमा रहेका आफन्तलाई स्वदेश ल्याउनुपर्ने माग अघि सारेका थिए । नगरप्रमुख सुनारका अनुसार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी खतिवडाले पनि यो दुवै देशको विषय भएकाले भारतमा रहेका नेपाली फिर्ता ल्याउने विषयमा पहल थालिने बताएका थिए । 

पुनर्वास नगरका स्थानीयले समेत भारतबाट नेपाल आउने नेपालीलाई सीमा क्षेत्रबाट फकाईएको भन्दै उनीहरूलाई पनि नेपाल ल्याएर क्वारेन्टाइनमा राख्नुपर्ने माग अघि सारेका थिए । पुनर्वास नगरपालिका– ९ का वडाध्यक्ष नारायण जैसीले स्थानीयबाट भारतमा रहेका नेपाली फिर्ताको माग गरिएको बताए ।

स्थानीयले भारतमा रहेका आफन्त संकटमा रहेकाले उनीहरूको उद्धार गर्नमा सहयोग नगरे आन्दोलनको चेतावनी दिएका छन् । भारतबाट गत १८ चैतमा नेपाल फर्किन लागेका दुई सय तीनजनालाई भारतको वनबासा, टनकपुरका क्वारेन्टाइनमा राखिएको छ । उनीहरूलाई पनि फिर्ता ल्याउनुपर्ने माग अघि सारेका छन् । तर, स्थानीय प्रशासनले भने गृहको आदेश कुरिरहेको जनाउँदै आएको छ । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Weapons None
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports