Incident Reports

सिराहामा राहतको विषयमा झडप, ९ राउण्ड हवाई फायर

2020-05-04

Madhes, Siraha, Mirchaiya, Ward 7

२२ वैशाख, जनकपुरधाम । राहत वितरणका क्रममा सिराहाको मिर्चेयामा सोमबार प्रहरी र स्थानीवासिन्दाबीच झड्प भएको छ । झडपका क्रममा ५ जना प्रहरी र ४ जना सर्वसाधारण सामान्य घाइते भएका छन् ।

मिर्चेया नगरपालिका वडा नम्बर ७ मा पछिल्लो तीन दिन यता विपन्नलाई राहत वितरण गरिँदै आएको छ । सोमबार राहत वितरण गर्ने क्रममा केही व्यक्तिले हो–हल्ला गर्दै राहत वितरण नै बिथोल्न खोज्दा प्रहरी र स्थानीयबीच झडk भएको हो ।

झडपका क्रममा प्रहरीले चार राउण्ड अश्रु ग्यास र नौ राउण्ड हवाई फायर गरेका छन् । सिराहा प्रहरीका प्रवक्ता एवं डीएसपी बिनोद घिमिरेले हो हल्ला गर्नेहरुले ढुँगा प्रहार गर्न थालेपछि अश्रु ग्यास र हवाई फायर गर्नुपरेको बताए ।

स्थानीयले राहत लिनेको सुचीमा धनीको नाम समावेश गरिएको भन्दै विरोध जनाएका थिए । अहिले यहाँको अवस्था सामान्य भइसकेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Other
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Secondary Cause Government Relief
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 5
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Total Injured 9
National/Online Media

0 Comments

Related Reports