Incident Reports

कोरोना नदेखिएकालाई पनि गाउँ पस्न अवरोध

2020-06-10

Gandaki, Myagdi, Beni

क्वारेन्टाइनमा बसेर कोरोना संक्रमण नरहेको पुष्टि हुँदा पनि भारतबाट आएकाहरूले घर फर्कन पाएका छैनन् । कोरोना संक्रमण हुन सक्ने भन्दै उनीहरूलाई स्थानीयले नै गाउँ पस्न नदिएका हुन् ।

‘बेनीमा ७ दिन क्वारेन्टाइनमा राखेर पीसीआर टेस्ट गरी पुनः गाउँपालिकाको क्वारेन्टाइनमा राखेर पठाइएका व्यक्तिलाई समुदायले गाउँ/घर भित्रन दिएका छैनन्,’ अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर गर्बुजाले भने, ‘कोरोना संक्रमण भएको छैन भन्ने पुष्टि भएको छ । घरमै एकान्तवास राखौं भन्दा पनि समुदायले मानेको छैन ।’ 

गर्बुजाका अनुसार क्वारेन्टाइनबाट फर्केका दानाका ७, नारच्याङका एक, पाउद्वारका एक र हिस्तानका ७ जनामध्ये केहीलाई वडा कार्यालय त केहीलाई गाउँदेखि पर रित्ता घर र गोठमा राखिएको छ । सदरमुकाम बेनी नगरपालिका, मालिका र मंगला गाउँपालिकामा पनि यस्तै समस्या देखिएको छ । 

‘तीन महिनादेखि कडा लकडाउन गरी बसेको समुदाय कतै विदेशबाट फर्कनेबाट कोरोना भित्रन्छ कि भन्ने त्रासमा छ । पल्लो गाउँबाट आउने मान्छे रोकेका गाउँले विदेशबाट आएको भन्दा झन् डराउँछन्,’ मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकामगरले भने, ‘मेरै आफन्तलाई गाउँदेखि पर रित्तो धन्सारमा राखेका छन् ।’ 

मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाका अनुसार बेनीमा ७ दिन क्वारेन्टाइनमा बसी कोरोना रिपोर्ट नेगेटिभ देखिएकालाई गाउँपालिकामा छुट्टै थप ७ दिन क्वारेन्टाइनमा राखिएको छ । त्यसपछि उनीहरूलाई होम क्वारेन्टाइनमा बस्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गराई घर पठाएको छ । आठ जना अझै क्वारेन्टाइनमै छन् ।  

जिल्ला प्रशासन कार्यालयका अनुसार जेठ ८ यता भारतबाट आई क्वारेन्टाइनमा बसेका ८१ जना कोरोना रिपोर्ट नेगेटिभ आएपछि गाउँ पठाइएका छन् । तीन जनामा भने संक्रमण देखिएकोले बेनीस्थित आइसोलेसनमा उपचार भइरहेको छ ।  

मंगलबार दिउँसोसम्म बेनीका म्याग्दी क्याम्पस र न्यु वेस्ट पोइन्ट कलेजमा रहेको क्वारेन्टाइनमा भारतबाट फर्केका ८९ र साउदी अरबबाट आएका एक जना छन् । तीमध्ये १० जना मंगलबार मात्र भारतको गड्डाचौकी नाकाबाट ल्याइएका हुन् । ‘हाम्रा सदरमुकामका क्वारेन्टाइन व्यवस्थित छन् । कम्तीमा सबैलाई एक साता क्वारेन्टाइनमा राखेर पीसीआर टेस्ट गराई, पुनः १ हप्ता क्वारेन्टाइनमा राखेर घर पठाएका छौं । संक्रमितको रुम पार्टनरलाई त अझ दोहोर्‍याएर परीक्षण गराएका छौं,’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Secondary Cause Prejudice and Discrimination
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 16
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports