2020-06-20
तुलसीपुर । महिना दिनसम्म पिसीआर रिपोर्ट नआएपछि तुलसीपुरको अश्वारा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकाहरु आन्दोलित भएका छन् । क्वारेन्टाइनमा बसेकाहरुले हो–हल्ला गर्दै बाहिर निस्कने प्रयास गरेपछि रोक्नका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक झलक प्रसाद शर्माको नेतृत्वमा दुई गाडी प्रहरी पठाइएको थियो ।
भोली–भोली भन्दै एक महिना पुग्दासम्म पनि पिसीआर रिपोर्ट नआएपछि आफूहरु बस्न नसक्ने भन्दै तोडफोड गरेर बाहिर निस्कने प्रयास गरेपछि थप प्रहरी बल पठाइएको हो ।
यसैबिच क्वारेन्टाइनमा बसेका, प्रहरी, स्वास्थ्यकर्मी र वडाध्यक्ष बिच ३ दिनभित्र पिसीआर रिपोर्ट नआएपनि छोड्ने सहमतिमा उनीहरुलाई रोकिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिव बहादुर सिंहले जानकारी दिए ।
‘महिना दिन भयो रिपोर्ट आएको छैन । मान्छेहरु आत्तिरहेका छन् । कहिले मेसिन छैन । कहिले किट छैन भनेर कति दिन रोक्न सकिन्छ,’ डीएसपी सिंहले भने, ‘मान्छेलाई सधैभरी राख्न पनि त गाह्रो हुन्छ नि ।’ रिपोर्ट नआएमा पनि होम क्वारेन्टाइनमा बस्नेगरी छाड्ने सहमति भएको डीएसपी सिंहले बताए ।
अध्यक्षले भने, ‘अब म सक्दिन’ यता तुलसीपुर उपमहागनरपालिका–८ का वडाध्यक्ष वेदबहादुर केसीले पनि मान्छेहरुलाई लामो समयसम्म रोक्न नसकिने बताएका छन् । ‘किन रिपोर्ट आउन ढिला भइरहेको छ । यसको जवाफ सरकारले दिनुपर्छ,’ उनले भने, ‘मैले व्यवस्थापन मात्रै गरेको हो । रातदिन डिउटी गर्ने जिम्मा त हैन । अब म सक्दिन ।’
यदि रिपोर्ट नआए पत्रकार सम्मेलन गरेर यसको जवाफ खोज्ने अध्यक्ष केसीले बताए ।
यता क्वारेन्टाइनमा बसेकाहरुले निरोगी मान्छेलाई पनि रोगी हुने गरी स्कुलमा हुलेको भन्दै तिब्र आलोचना र विरोध गरेका छन् । तीन दिनभित्र पनि रिपोर्ट नआए आफूहरु जसरी पनि घरमा जाने उनीहरुले चेतावनी दिएका छन् । अहिले उक्त क्वारेन्टाइनमा ६७ जना बस्दै आएका छन् ।
१० वटा क्वारेन्टाइनमा ६ सय ९ जना तुलसीपुर उपमहानगरपालिकाका अनुसार ५ सय १३ पुरुष, ८३ जना महिला र १३ जना बालबालिका विभिन्न क्वारेन्टाइनमा बस्दै आएका छन् । क्वारेन्टाइनको मापदण्ड अनुसार १४ दिन बस्नुपर्ने भएपनि २५ दिन नाघेका करिब ३ सय ५० छन् भने अन्य १४ दिन पार गरेका छन् । ‘भिटिएमको पनि अभाव भयो । संकलन गरेर पठाएको स्वाबको रिपोर्ट आउन पनि ढिला भयो,’ तुलसीपुर उपमहागनरपालिका स्वास्थ्य महाशाखा प्रमुख ओम प्रसाद न्यौपानेले भने, ‘खेतिपातीको समयमा मान्छेहरु पनि आतिएका छन् । एउटा ठाउँको मात्रै हैन सबै क्वारेन्टाइनमा बस्दै आएका आक्रोशित छन् ।’
अश्वारा क्वारेन्टाइनबाट २५ गते ५७ जना र ३ गते १० जनाको कोरोना परीक्षण स्वाब संकलन गरिएको थियो ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Other forms of non-violent protest |
Weapons | Unclear |
Primary Cause | Other governance issues |
Secondary Cause | Healthcare Management |
Actor 1 - Number of people | 67 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19