Incident Reports

सुर्खेतमा डाक्टरमाथि हातपात

2021-06-10

Karnali, Surkhet, Birendranagar

प्रदेश आर्युवेद औषधालय कालागाउँका दुई जना डाक्टरमाथि हातपात भएको छ। कर्णाली प्रदेश आर्युवेद औषधालले सञ्चालन गरेको कोभिड अस्पतालको ड्युटी सकेर घरतर्फ जाँदै गरेका डा. शंकर रिजाल र डा. यादव उपाध्यायमाथि बिहीबार बेलुका छ बजेतिर तीन जना युवाहरुले गेटमै आक्रमण गरेका थिए।

‘कोभिडका विरामी हेरेर घरतर्फ जानका लागि अस्पतालको गेटमा पुगेका बेला फोन आयो, कुरा गर्दै थिएँ,’ उनले भने, ‘एक्कासी तीन चार जना युवाहरुले आक्रमण गरे।’ उच्छृङ्खल युवाहरुको आक्रमणबाट डा.रिजालको मुख र कुममा चोट लागेको छ । उनीहरुले अस्पतालमा पनि ढुंगामुढा गरेका थिए।

प्रहरीले आक्रमणमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनक शाहीले डाक्टरमाथि आक्रमण गर्नेहरुलाई पक्राउ गरिएको जानकारी दिए। शाहीका अनुसार डाक्टरहरुमाथि आक्रमणमा संलग्नलाई पक्राउ गरिएको छ। ‘पक्राउ गरेर ल्याएका छौं, घटनाको अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘किन र के कारणले आक्रमण भयो, अनुसन्धानपछि खुल्ला।’

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Unclear
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Total damaged Buildings n/a
Severely damaged Buildings n/a
National/Online Media

0 Comments

Related Reports