Incident Reports

त्रिवेणी स्पिनिङमा प्रहरी र मजदुरबीच झडप, डिएसपीसहित १० जना घाइते

2022-10-20

Madhes, Bara, Jitpur Simara

जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिपरामा रहेको त्रिवेणी स्पिनिङ उद्योगका प्रमुख व्यवस्थापकीय अधिकृतलाई उधार गर्ने क्रममा बिहीबार बेलुका मजदुर र प्रहरीबीच झडप भएको छ। झडपलाई नियन्त्रणमा लिन १ राउण्ड गोली र ३४ राउण्ड अश्रु ग्याँस प्रहार गर्नु परेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले बताएका छन्। झडपमा परी इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक युबराज तिमिल्सिनासहित १० जना प्रहरी समेत घाइते भएका र घाइतेहरुको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको थापाले बताए।

मजुदरहरुको आक्रमणमा परी प्रहरी निरीक्षक राज किशोर साह, राजन थापा, प्रहरी हवल्दार श्रीराम पटेल लगाएत १० जना घाइते भएको थापाले बताए। बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोग्टीले बोनसको विषयलाई लिएर उद्योग प्रशासन र मजदुरहरुबीच पहिलादेखि नै वर्ता गरिएको र वर्तामा कुरा नमिले पछि मजदुरहरुले उद्योगमै उद्योग प्रशासन पक्षका १३ जनालाई दुई दिनदेखि बन्धक बनाएर राखेको आरोप लगाएका छन्। बन्धन बनाएर राखिएका मध्ये उद्योगका प्रमुख व्यवस्थापकीय अधिकृत ६५ वर्षीय अशोक शर्माको अवस्था नाजुक भएको थाहा पाएर उद्धार गर्न जाँदा महिला मजदुरहरुलाई अगाडी सारेर हामी माथि आक्रमण गरिएको उपरीक्षक बोग्टीले बताए।

त्रिवेणी स्पिनिङका प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक, प्रशासन अधिकृत लगायत १३ जनालाई उद्धार गरिएको र उनीहरुलाई बन्धक बनाउने कार्यमा संलगन रहेका पर्सा वीरगन्ज उपमहानगरपालिका ३२ चोर्नि सन्जय यादव, ओम प्रकाश मिश्रा, प्रर्सागढी नगरपालिका ५ का मनोज यादव लगाएतका ७ जनालाई पक्राउ गरिएको बोग्टीले बताए। उद्धार गरिएका शर्मालाई उपचारको लागि काठमाडौँ पठाइएको समेत उनले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Other
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people N/A
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N/A
Actor 2 - Affiliation Police
Actor 2 - Youth noyouth
Total Injured 10
National/Online Media

0 Comments

Related Trend Analysis