Incident Reports

न्यायको माग गर्दै गङ्गामाया छैठौं पटक आमरण अनसनमा

2016-08-11

Bagmati, Kathmandu, Kathmandu

सशस्त्र द्वन्द्वको समयमा कान्छा छोरा १६ वर्षीय कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग राख्दै गोरखा फुजेल-७ की गङ्गामाया अधिकारी साउन २७ गतेदेखि पुनः आमरण अनसन बसेकी छन् । उनले अनसन बसेको यो छैठौँ पटक हो । प्रधानमन्त्री पदमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित भएको भोलिपल्ट छोराको हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै गङ्गामायाले सरकारलाई पाँच दिने ‘अल्टिमेटम’ दिएकी थिइन् । तर, हालसम्म सरकारले घटनाको दोषीलाई कानुनी दायरमा नल्याएको भन्दै न्याय प्राप्तिका लागि बाध्य भएर आमरण अनसन बस्नुपरेको गङ्गामायाले बताइन् । वीर अस्पतालमा पत्रकारहरूसँग कुराकानी गर्दै गङ्गामायाले आफूले छोराको हत्यामा संलग्न अपराधिलाई चिनेको र किटानी जाहेरी दिएको अवस्थामा सरकारले घटनाको अनुसन्धानसमेत नगरेको बताइन् । उनले भनिन्-‘मेलै के नै मागेको छु र ? न्याय माग्दा उल्टै मेरो सर्वस्वहरण गरियो । मेरो १६ वर्षो बच्चाको र पतिको के नै गल्ती थियो ? किन उनीहरूलाई मारियो ? किन मेरो सम्पत्ति लुटियो ? अव मैले बाँचेर के अर्थ ? न्याय नपाए मर्छु अनसन तोड्दिन ।’ ‘पुष्पकमल दाहाल देशकै प्रधानमन्त्री हुन् वा माओवादी पार्टी ? मैले न्याय पाउँछु या पाँउदिन ?’-गङ्गामायाले पत्रकारमार्फत प्रधानमन्त्रीलाई प्रश्न गरिन् । गङ्गामायाका पति नन्दप्रसाद अधिकारीको अनसन बसेको ३ सय ३४ औं दिनमा ०७१ साल असोज ६ गते वीर अस्पतालमा निधन भएको थियो । नन्दप्रसादको शव हालसम्म त्रिविवि शिक्षण अस्पतालमा रहेको छ । तरल पदार्थ मात्र खाएर वीर अस्पतालमा उपचरार्थ अवस्थामानै न्यायिक लडाईको सङ्घर्ष गरिरहेकी गङ्गामायाको स्वास्थ्य अवस्था पनि कमजोर रहेको चिकित्सकहरूले बताएका छन् । उनका कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई ०६१ जेठ २४ गते चितवनको बकुल्लहरचोकमा माओवादी कार्यकर्ताले अपहरण गरी निर्मम हत्या गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Other forms of non-violent protest
Weapons None
Primary Cause Contestation related to transitional justice and human rights
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth noyouth

0 Comments

Related Reports