Incident Reports

11 justice seekers for Gangamaya protested at Baluwatar

2016-08-14

Bagmati, Kathmandu, Kathmandu

Police have arrested 11 demonstrators while they were staging a sit-in, seeking justice for Gangamaya, in front of Prime Minister’s residence in Baluwatar on Sudnay morning. The protesters including humanrights activist Charan Prasain who reached Baluwatar to take part in a campaign called ‘Save Gangamaya’ were arrested by the police. Ganga Maya Adhikari has been staging indefinite hunger strike demanding action against the murderers of her son Krishna Prasad Adhikari. Nanda Prasad, Gangamaya's husband, died on September 22, 2014, in the course of fast-unto-death. His last rites have not yet been performed. Ganga Maya, who is still on hunger strike, says the family will not perform the last rites until they get justice. The Maoists had killed Krishna Prasad Adhikari of Phujel village, Gorkha, at the height of their insurgency in 2004. छोराको हत्यारालाई कानुनी कारवाहीको माग राख्दै दोस्रो पटक आमरण अनसन थालेकी गोरखा फुजेलकी गंगामाया अधिकारको सर्मथनमा बालुवाटार पुगेका अधिकारकर्मी र पीडितहरुलाई पहरीले पक्राउ गरेको छ। करिव ३० जनाको समूहमा रहेको उनीहरुलाई निषेधित क्षेत्रमा धर्ना दिन, प्लेकार्ड र नारा लगाउन नमिल्ने भन्दै पक्राउ गरेर महानगरीय पहरी वृत्त कमलपोखरी राखिएको छ। विहान नौ वजे पधानमन्त्री निवास अगाडि गंगामाया बचाउ अभियान भन्दै उनीहरुले पर्दशन गरेका थिए। गंगामायालाई न्याय देउ भन्दै उनीहरुले केही वेर नारा लगाएका थिए। लगत्तै प्रहरीले हस्तक्षेप गरेर आफूहरुलाई लगेको मानवअधिकारकर्मी चरण प्रसाईँले बताए। प्रर्दशनमा प्रसार्इँ रसना ढकाल, सुमन अधिकारी,सावीत्री श्रेष्ठ ,भवानी खरेल र अन्य द्वन्द्वपीडितका धर्ना दिन वालुवाटार पुगेका थिए । आफूहरुले शान्तिपूर्ण पर्दशन नगर्दै प्रहरीले हस्तक्षेप गरेको उनीहरुले बताएका छन्। पीडितहरुको संस्था द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष सुमन अधिकारीले बताए। द्वन्द्वकालमा मारिएको आफ्नो छोराका हत्यारालाई कारवाही गर्ने भनी यसअघि सरकारले गरेको पतिवद्धता पूरा नभएको भन्दै बुधबारदेखि वीर अस्पतालमा गंगामायाले अनसन थालेकी हुन्। उनका पति नन्दपसाद अधिकारीको छोराको हत्यारालाई कारवाहीको माग गर्दै अनसन बसेकै समयमा मृत्यु भएको थियो। पूर्वी चितवनको रत्ननगरमा रहेका आफ्ना हजुरबुबालाई भेट गर्न गएका बेला कृष्णप्रसाद अधिकारीको २०६१ जेठ २४ गते रत्ननगर १ बकुलहर चोकमा तत्कालीन विद्रोही माओवादी कार्यकर्ताले अपहरणपछि हत्या गरेका थिए। कृष्णप्रसाद हत्यामा परिवारले रामप्रसाद अधिकारीसहित परशुराम पौडेल, जानुका पौडेल, मेघनाथ पौडेल, कालिप्रसाद अधिकारी, हेमलाल अधिकारी, सीता अधिकारी, बिष्णु तिवारी, शुभद्रा तिवारी, अर्का रामप्रसाद अधिकारी र रुद्र आचार्य विरुद्ध किटानी जाहेरी दिएका थिए । मृतकका बाबु नन्दप्रसादले २०६१ जेठ २५ गते तीन जना बिरुद्ध किटानी जाहेरी र पछि २०६२ जेठ २६ मा ११ जना बिरुद्ध दाजु नुरप्रसादले किटानी जाहेरी दिएका थिए । छोराका हत्यारालाई कारवाहीको माग गर्दै ३३० दिनदेखि आमरण अनशनमा बसेका नन्दप्रसादको २०७१ असोज ७ गते निधन भएको थियो। पतिको मृत्यु भएपनि गंगामायालाई सरकारले अनसन तोडाउँदै अस्पतालमा राखेको थियो । नन्दप्रसादको शव हाल शिक्षण अस्पतालमा राखिएको छ । अन्तिम संस्कारसमेत नभएको अवस्थामा सरकारले न्याय नदिएको भन्दै गंगामायाले पून अनसन थालेका थिइन।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation related to transitional justice and human rights
Actor 1 - Number of people 30
Actor 1 - Affiliations HRD
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown

0 Comments