Incident Reports

Life Sentence for Accomplice in Ujjan Shrestha Murder Case

2013-03-15

 

ओखलढुंगा । चैत ७ गते

 

पोकली गाविस-२ का ४५ वर्षीय उज्ज्वनकुमार श्रेष्ठको हत्याका अर्का अभियुक्त सोही ठाउँका पुष्कर गौतमलाई जिल्ला अदालत ओखलढुंगाले ०६९ चैत २ गते जन्मकैदको फैसला सुनाएको छ । हत्या भएको १५ वर्षपछि जिल्ला न्यायाधीश कोषकुमार नेम्वाङको इजलासले श्रेष्ठ हत्याको अभियोगमा गौतमलाई जन्मकैदको फैसला सुनाएको हो ।

 

यसअघि श्रेष्ठको हत्या अभियोगमा जिल्ला अदालतले एकीकृत माओवादीका नेता तथा पूर्वसभासद् बालकृष्ण ढुंगेललाई हत्यामा मुख्य संलग्नता रहेको भन्दै ०६३ असार ११ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाइसेको भए पनि कार्यान्वयन भएको छैन ।

 

फरार रहेका गौतमको मुल्तबी मुद्दा जगाउँदै अदालतले ढुंगेलसहित नौजनाविरुद्ध दायर मुद्दामा गौतमलाई जन्मकैदको फैसला गरेको हो । हत्या अभियोगमा मुद्दा चलाइएका अर्का अभियुक्त केशवहरि ढुंगेललाई भने अदालतले सफाइ दिएको छ । फरार रहेका गौतमको मुद्दा ब्यूँताउँदै अन्य सहायक अभियुक्तको बयान र हत्याबारे संकलित प्रमाणले गौतमको संलग्नता पुष्टि भएको भन्दै ज्यानसम्बन्धी महलको १३.४ अनुसार वादीको मागदाबी पुगेकाले जन्मकैदको फैसला भएको ओखलढुंगा जिल्ला अदालतका शाखा अधिकृत धनबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार गौतमसँगै मुद्दा मुल्तवीमा रहेका प्रल्हाद गौतमको ०५७ मंसिर १ गते मृत्य भइसकेको छ । हत्या अभियोगमा अदालतले सजाय सुनाएका ढुंगेल र फरार रहेका गौतमबाहेक सबैले फैसला अनुसारको सजाय भोगी जेलमुक्त भइसकेका छन् ।

 

जन्मकैदको फैसला भएका गौतम माओवादीका तत्कालीन जिल्ला सदस्य हुन् । २०५५ साल १० असारमा श्रेष्ठलाई गोली प्रहार गरेर हत्या गरेको अभियोगमा अदालतले गौतमलाई जन्मकैदको सजाय सुनाएको हो । अर्का अभियुक्त बालकृष्ण ढुंगेललाई ०६६ पुस १९ गते जिल्ला अदालत ओखलढुंगाको फैसला सदर गर्दै सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको तीन वर्षबितिसक्दा पनि उनी अझै गिरफ्तार भएका छैनन् । जिल्ला अदालत ओखलढुंगाले अन्तिम फैसला भएको दुई वर्षपछि मुल्तबीमा रहेका मुद्दा ब्यूँताउने प्रावधान अनुसार सुनुवाइ गरी गौतमलाई जन्मकैदको सजाय सुनाएको हो ।

 

फैसलाको पूर्ण पाठ भने तयार हुन बाँकी रहेको अदातलका श्रेस्तेदार कार्कीले बताए

 

Okhaldhunga/ March 20

The other accused of Ujjan Shrestha murder case has been sentenced for life by the District Court on March 15. The convict Puskhar Gautam was sentenced on the case after 15 years of the incident, by the bench of District judge Kosh Kumar Newang.

 

The other convict, Maoist leader Bal Krishna Dhungel, who was also given life sentence by the court, is still walking free.

 

The convict Gautam is at large. Another accused, Keshav Hari Dhungel was acquitted by the court. According to an officer of District Court, Dhan Bahadur Karki, the case of Prahlad Gautam, pending in the court, could not proceed as he died 12 years ago. Others, involved in the murder, have already served their prison sentences.

 

Gautam was the district member of Maoist when Shrestha was killed. He was accused of shooting and murdering Shrestha on June 24, 1998.

Shiva Prasad Dhungana

0 Comments