Incident Reports

Demonstration demanding justice to Gangamaya

2017-02-02

Bagmati, Kathmandu, Kathmandu, Ward 4

The rights activists have demonstrated infront of Prime Minister’s quarter on February 2 demanding the delivery of justice to Ganga Maya of Gorkha Phujel-7. The activists while addressing the demonstration demanded to the government to deliver justice to the Ganga Maya as soon as possible as she is suffering from various infections. Advocate and activist Indra Prasad Aryal accused government of disobeying the verdict of Supreme Court. He added that justice delayed is justice denied and demanded to ensure justice of all conflict victims. Conflict victim Suman Adhikari drew the attention of the government saying that the work of transitional justice commission being very ineffective. The then Maoist cadres had abducted and murdered Ganga Maya’s younger son in 2004, June 6 during armed conflict. Vibek Dhungana गोरखा जिल्ला फुजेल-७ की गङ्गामाया अधिकारीलाई न्याय दिन माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि माघ २० गते अधिकारकर्मीहरूले प्रदर्शन गरेका छन् । प्रदर्शनलाई सम्बोधन गर्दै अधिकारकर्मीहरूले छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै वषौर्ँदेखि आमरण अनसन बसेका कारण विभिन्न रोगको सङ्क्रमणबाट थप पीडित बनेकी गङ्गामायालाई शीघ्र न्याय दिई उनको जीवन रक्षा गर्न सरकारसँग माग गरेका छन् । अधिकारकर्मी तथा अधिवक्ता इन्द्रप्रसाद अर्यालले संविधान बमोजिम सर्वोच्च अदालतले जारी गरेको आदेश नमानेर सरकारले अदालतमाथिनै हस्तक्षेप गर्न खोजेको आरोप लगाए । उनले ढिलो न्याय दिनु भनेको न्याय नदिनु सरह भएको बताउँदै गङ्गामायाका साथै सबै द्वन्द्वपीडितको न्यायको सुनिश्चितता गर्न माग गरे । द्वन्द्वपीडित सुमन अधिकारीले द्वन्द्वकालीन मुद्दाहरूको सत्य तथ्य छानबिन गरी पीडितलाई न्याय दिन गठित आयोगहरूले विश्वसनीय र प्रभावकारी ढङ्गले काम नगरेको भन्दै त्यसप्रति गम्भीर बन्न राज्यको ध्यानाकर्षा गराए । उनले न्यायको लागि गङ्गामायाले अदालतमा दायर गरेको मुद्दाको पेशी बारम्बार सर्दै जाँदा उनी थप मर्माहित भएको भन्दै सबै पीडितले सर्वसुलभ तरिकाले न्याय पाउनुपर्ने बताए । तत्कालीन नेकपा माओवादीका कार्यकर्ताहरूले ०६१ साल जेठ २४ गते गङ्गामायाका कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई अपहरणमा लिई हत्या गरेका थिए । न्याय प्राप्तिका लागि गङ्गामायासँगै आमरण अनसन बसेका पति नन्दप्रसाद अधिकारीको अनसन बसिरहेको अवस्थामानै ०७१ असोज ६ गते वीर अस्पतालमा निधन भएको थियो । विवेक ढुङ्गाना
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Secondary Cause Contestation related to transitional justice and human rights
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments