Incident Reports

Absconding murder convict Bal Krishna Dhungel arrested, presented before court

2017-10-31

Bagmati, Kathmandu, Kathmandu

The Crime Investigation Bureau of Nepal Police has arrested the absconding murder convict Bal Krishna Dhungel from his rented room in Satdobato of Lalitpur district at 11:00 this morning. The CPN Maoist Centre leader was convicted of the murder of Ujjan Kumar Shrestha, a resident of his home district, Okhaldhunga. The apex court had issued an order in the name of the Nepal Police Inspector General to arrest Dhungel after finding that he was walking free and making contemptuous statements against the judiciary. Dhungel was sentenced life imprisonment with property seizure by the Supreme Court. The police have presented him before Kathmandu District Court amid tight security today itself. It has been learned that he will be sent to the Dillibazar-based prison. नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई प्रहरीले अन्तत: पक्राउ गरेको छ । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा सर्वोच्चले दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको फैसला सुनाएका उनलाई नेपाल प्रहरीकाे केन्द्रिय अनुशन्धान ब्युराे (सिअाईबी)काे टाेलीले ललितपुरकाे सातदाेबाटाेबाट पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेका ढुंगेललाई अहिले काठमाडौं जिल्ला अदालतकाे फैसला कार्यान्वयन इकाईमा लगिएको स्राेतले बताएको छ । उनले ट्राउजर, राताे फूल भेस्ट र हाफ ज्याकेट लगाएका छन् । उनलाई डिल्लीबजार करागार पठाइएकाे छ । उनले १२ वर्ष ५ महिना २२ दिन कैदमा बस्नुपर्नेछ । मंगलबार पक्राउ परेका माओवादी केन्द्र नेता बालकृष्ण ढुंगेललाई काठमाडौं जिल्ला अदालत फैसला कार्यान्वयन इकाईबाट डिल्लीबजार कारागार लगिँदै । तस्बिर : अंगद ढकाल/कान्तिपुर सर्वोच्चले ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला भएका ढुंगेललाई पक्राउ गर्न प्रहरीलाई सर्वाेच्च अदालतले नै पटक पटक ताकेता गरेकाे थियाे । अदालतको मुद्दा तथा रिट महाशाखाबाट ढुंगेललाई पक्राउ गर्ने आदेशसहितको पत्र वैशाख ३ गते प्रहरी प्रधान कार्यालय पुगेको थियो । सर्वोच्च अदालतले ढुंगेललाई जिल्ला अदालतले गरेकाे सर्वस्वसहित जन्मकैदको फैसलालाई २०६६ पुस १९ गते सदर गरेको थियो । माओवादी नेतासमेत रहेका ढुंगेललाई प्रहरीले पक्राउ नगरेपछि गत बैशाखमा सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई पक्राउ गर्न निर्देशन दिएको थियो । अदालतको मुद्दा तथा रिट महाशाखाबाट ढुंगेललाई पक्राउ गर्ने आदेशसहितको पत्र वैशाख ३ गते प्रहरी प्रधान कार्यालय पुगेको थियो । मंगलबार पक्राउ परेका माओवादी केन्द्र नेता बालकृष्ण ढुंगेललाई काठमाडौं जिल्ला अदालत फैसला कार्यान्वयन इकाईबाट डिल्लीबजार कारागार लगिँदै । तस्बिर : अंगद ढकाल/कान्तिपुर सर्वोच्चको आदेशपछि १० वैशाखमा महानिरीक्षक अर्यालले पूर्वसांसद एवं माओवादी नेता ढुंगेललाई पक्राउ गर्न देशभरका प्रहरी कार्यालयलाई निर्देशन दिएका थिए । उनले ७ दिनभित्र पक्राउ गरी सम्बन्धित कारागारमा जिम्मा लगाई अदालतमा प्रतिवेदन पेस गर्न निर्देशनसमेत दिएका थिए । तर ढुंगेल पक्राउ परेका थिएनन् । प्रहरीले पक्राउ गर्नका लागि पहल जारी रहेको बताउँदै आएको थियो । ढुंगेललाई पक्राउ गर्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगरेको भन्दै कार्तिक ७ मा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेपाल प्रहरीका महानिरीक्षक अर्यालविरुद्ध सर्वोच्च अदालतमा मानहानीको रिट दायर गरेका थिए। पक्राउ आदेश दिएको ६ महिना बितिसक्दा पनि प्रहरीले पक्राउ नगरी अदालतको मानहानि गरेको भन्दै आईजिपी अर्याललाई हदैसम्मको कारवाही माग गर्दै रिट परेको थियो । त्यसअघि सुशीला कार्की प्रधानन्यायाधीश हुँदा सर्वोच्चले एक हप्ताभित्र ढुंगेललाई पक्राउ गर्न बाध्यात्मक आदेश जारी गरेको हो। घटनाको पृष्ठभूमि २०५५ असार १० गते माओवादी कार्यकर्ताले रामेछापमा उज्जनकुमार श्रेष्ठको हत्या गरेका थिए । उज्जनका भाइ गणेशकुमारले प्रहरीमा जाहेरी दिए । जाहेरी दिएको आरोपमा भाइ गणेशकुमारको समेत माओवादी कार्यकर्ताहरूले २०६९ असोज ८ गते हत्या गरेका थिए । त्यही उजुरी र प्रहरी प्रतिवेदनका आधारमा २०६१ वैशाख २१ गते जिल्ला अदालत ओखलढुंगाले हत्या ठहर गर्दै ढुंगेललाई कैद सजाय हुनुपर्ने फैसला गर्‍यो । त्यसपछि केही समय बालकृष्ण जेल परेका थिए । २०६३ सालमा पुनरावेदन अदालतले जिल्लाको फैसला उल्ट्याई निर्दोष ठहर्‍यायो । त्यही फैसलाका आधारमा जेलबाट निस्केपछि उनी फरार थिए । पछि सर्वोच्चले २०६६ पुस १९ मा जिल्ला अदालतकै फैसला सदर गरी ढुंगेललाई दोषी ठहर्‍याउने जिल्ला अदालतको निर्णय सदर गर्‍यो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Arrest (politically significant)
Primary Cause Contestation related to transitional justice and human rights
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments