Incident Reports

LPC Concerned About Forced Admission of Adhikari Couple in Mental Hospital

2013-07-09

Lalitpur/July 8 Local Peace Committee (LPC) Lalitpur had shown concern over the forced placement of a couple who was in strike demanding action against the killing of their young son by the Maoists during the conflict and capture of property. LPC coordinator Madan Kumar Amatya met Nanda Prasad Adhikari and Gangamaya Adhikari on July 8 and inquired about their health. Also the NC Lalitpur chairperson, Amatya said that as the case and attracted the attention of High Level Political Committee and that he would initiate steps for justice. FNJ Lalitpur secretary Amritnath Timalsina opposed the hospital administration’s decision to bar visitors from meeting Adhikaris. Ramesh Prasad Timalsina ललितपुर । ०७० असार २४ गते द्वन्द्वमा आफनो छोरालाई विना कारण हत्या गरिएको र सम्पति कब्जा गरिएको भनी अनसन बसेका दम्पतीलाई जबरजस्ती मानसिक अस्पतालमा राखिएकोप्रति स्थानीय शान्ति समिति ललितपुरले चासो देखाएको छ । शान्ति समितिका सँयोजक मदनबहादुर अमात्यले असार २४ गते पीडितहरुलाई भेट गरी चासो व्यक्त गरेका हुन् । पाटनस्थित मानसिक अस्पतालमा करिब एक महिनाअघि भर्ना गरिएका गोर्खाका नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीलाई शान्ति समितिका संयोजक तथा अन्य सदस्यहरुले भेट गरी स्वास्थ्य अवस्था बुझेका हुन् । नेपाली काँग्रेस ललितपुरका सभापतिसमेत रहेका अमात्यले द्वन्द्वपीडितलाई भेटी द्वन्द्वपीडितको विषय उच्चस्तरीय राजनीतिक समितिको समेत ध्यानाकर्षाको विषय भएकाले आफूले न्याय दिलाउन पहल गर्ने दृढता व्यक्त गरेका छन् । मानसिक अस्पतालले द्वन्द्वपीडित बिरामीहरुलाई भेटमा समेत रोक लगाएकोमा नेपाल पत्रकार महासंघ ललितपुरका सचिव अमृतनाथ तिमल्सिनाले कडा आपत्ति जनाएका छन् । अस्पताल प्रशासनले पत्रकार तथा सञ्चार माध्यमलाई रोक लगाएकोप्रति आपत्ति जनाउँदै पीडितहरुलाई न्याय दिलाउने अभियानमा लागेका सञ्चारकर्मीहरुलाई निर्वाध प्रवेश र भेट व्यवस्था मिलाउन अस्पतालसमक्ष आग्रहसमेत गरेका छन् । रमेशप्रसाद तिमल्सिना

0 Comments