Incident Reports

world cup आईसीयुमा पुगेपछि मात्रै गंगामायालाई भेट्ने फुर्सद कसरी मिल्यो नेता ज्यू ?

2018-07-10

Nepal

मंगलबार पूर्वप्रधानन्यायाधीश सुशील कार्कीले ६ वर्षदेखि न्याय मागेर मृत्युसँग लडिरहेकी गंगामाया अधिकारीबारे धेरै बेर बोलिन् । मंगलबार पूर्वप्रधानन्यायाधीश सुशील कार्कीले ६ वर्षदेखि न्याय मागेर मृत्युसँग लडिरहेकी गंगामाया अधिकारीबारे धेरै बेर बोलिन् । काठमाडौंमा पब्लिक डिफेन्स एलाइन्सले आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कार्कीले १५–१६ मिनेट बोलिन् । उनले त्यसको आधा समय गंगामाया अधिकारी र डा. गोविन्द केसीबारे खर्च गरिन् । उनले आफ्नो सामान्य रोग डेढ लाख खर्च गर्दा पनि पत्ता नलागेको घटना सुनाउँदै उनले गोविन्द केसीले उठाएको मुद्धाको समर्थन गरेर नेपालको मेडिकल शिक्षाबारे निकै शब्द खर्च गरिन् । गंगामायाबारे बोल्दा निकै भाबुक भईन् । उनले आफुले पनि गंगामायाको मुद्दा एक पटक हेरेको कुरा उनले सुनाईन् । बाध्यताले आफुले त्यसमा सोचे अनुरुप काम गर्न नसकेकोमा भने उनले पछुतो मानिन् । गोविन्द केसीबारे बोलिसकेपछि उनले भनिन्, ‘मलाई अर्को कुराको पनि दुःख लागेको छ । हिजो कांग्रेस र एमाओवादीको संयुक्त सरकार थियो । गंगामाया त्यही लडिरहेकी थिइन् । उनका आँशु झरिरहेका थिए । श्रीमानको शव शिक्षण अस्पतालमा छ, एउटा छोरा मरेको हो कि बाँचेको छ, थाहा छैन, एउटा मारियो । आज कांग्रेसका नेताहरु गंगामायालाई भेट्न लाईन लागेर गइरहेका छन् । सरकारमा भएका बेला जानुभएन । अहिलेको सरकार पनि गंगामायालाई भेट्न जाँदैन । भोलि निस्किएपछि मुद्दा बनाउँछ । सबैभन्दा दुःख लाग्ने यही हो ।’ उनले अगाडि भनिन्, ‘गंगामायाको नाम लिँदा म राति झस्कन्छु । मैले मिसिल पनि हेरेकी छु । एक दिन बहस पनि सुनेको छु । तपाई सम्झनुस् त, तिनै नेता कसैका छोरा मर्दा ती रुँदैनन् ? आफ्ना छोरालाई युवराज बनाएर सडकमा उभ्याउँछन् । तिनका नाममा कार्यक्रम गर्छन् । तर, गोरखा फुजेलकी एउटा मामुली महिला, जसको १६–१७ वर्षको छोरा एसएलसी पास भएको मावली हजुरबालाई सुनाउन जाँदा मारियो । श्रीमान मारिए, आफू मर्ने अवस्थामा छिन्, छोरो वेपत्ता छ ।’ एउटा परिवारलाई तपाई घाँटी ङ्याकी ङ्याकी मारिरहनु भएको छ । हामी सबैले मारेका हौं, किनभने हामी पनि बोल्दैनौं । ६ वर्षदेखि एउटा महिला न्यायका लागि लडिरहेकी छिन् । कार्कीले अगाडि भनिन्, ‘हरेकलाई आफ्नो सन्तानको माया हुन्छ, गंगामाया त्यही छोरोका लागि दम घुटीघुटी मरिरहेकी छन् । त्यो साहस सम्झनुस् त एक पटक ।’ न्यायमूर्ति महिला हुन भने उनै गंगामाया हुन् । ति महान नारी हुन्, समेत भनिन् उनले । उनले वर्तमान सरकार र विपक्षीहरुलाई पुग्दो भनिन्, १५ मिनेटको समयमा । नभन्दै बुढो वीर अस्पतालमा अहिले उसै भीडभाड छ । एक पछि अर्को गर्दै विपक्षी दलका नेता र अधिकारकर्मीहरुको घुइँचो लाग्ने गरेको छ । सत्ताधारीहरु भने राष्ट्रपतिले सम्झाउँदा पनि गंगामायालाई भेट्न गएका छैनन । जाउन् पनि कसरी गंगामायाले उनीहरु हुलहालमा आए भने लगाउन भनि उहिल्यै चप्पलको माला तयार पारेर राखेकी छन् । आइसीईयुमा पुग्नु अघि पनि गंगामाया अधिकारी त्यही वीर अस्पतालको क्याविन ७ मा थिईन भन्ने कुरा सबैलाई थाहा थियो । सत्ताधारी र विपक्षीलाई अझ राम्ररी नै, । त्यतिबेला त भेट्न पनि सजिलै थियो । उनी बोल्न समेत सक्थिईन । पीर मर्का सुनाउन सक्थिईन । त्यो सुन्ने फुर्सद नहुनेहरु आज एकाएक कसरी फुर्सदिला भए ? अनि विरामीको अवस्था निकै शीथिल भएपछि आईसीयुमा राख्ने गरिन्छ। आईसीयुमा हुँदा भीडभाड धेरै गर्न पाईँदैन । तर, अहिले किन भेट्न मरिहत्ते गरेको ? बुझिनसक्नु । कि उनको सत्याग्रहमाथि राजनीति गर्न खोजेको ? आईसीयु जाने बाटो देख्नु भो त नेता ज्यू ? गंगामायालाई भेट्ने र फोटो खिच्नेहरुको भीड बढेको छ । तर, उनलाई भेटन जाने बाटोका तस्वीर हुन् यी । धेरै लेख्नु पर्दैन होला । देख्नु भयो त । नेता ज्यू आईसीयु जाने बाटो ??? आईसीयु जाने बाटो- ताजा तस्वीर आईसीयु जाने बाटोमा यसरी उघारिएको छ, ढल । गन्हाएर बसिसक्नु हुँदैन, यो कुरा गंगामायालाई कुर्नेहरुले भनेको । अस्पतालबाट पनि विभेद गंगामाया अधिकारीलाई पुरानो आईसीयुमा लगिएको छ । वीरमा दुई वटा आईसीयू छ, नयाँ र पुरानो । डाक्टर पनि छैटौं नम्बरकाले हेर्छन् उनलाई । पहिलो र दोस्रो नम्बरकाले हेर्दैनन् । प्रहरीले महिला कुरुवा फेरिरहन्छ । के ले बचाइरहेकाे छ उनलाई ? शहीद दिवसको दिनबाट निर्जल अनसन बसेकी गंगामायालाई अहिले स्लाईन पानी मात्रै दिईएको छ । गणतन्त्र दिवसकाे दिनबाट अन्य औषधि पनि उनले लिन छोडिन् । मुखबाट लिने औषधिहरु केही लिएकी छैनन् । अनि पिसाब लाग्ने औषधि दिइएको छ । त्यो पनि स्लाईनबाटै । पिसाब प्रत्येक पटकको नाप्ने गरिएको छ । उनी अलिअलि बोल्न सक्छिन् । एक्लै न्यायको लडाई तत्कालीन विद्रोही माओवादीको अपहरणमा परी २०६१ जेठ २४ मा हत्या गरिएका १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही हुनुपर्ने माग गर्दै गंगामाया न्यायको लडाई लडिरहेकी छन् । आमरण अनसनमै प्राण त्यागेका नन्दप्रसादको शव अझै पनि शिक्षण अस्पतालको शव गृहमै छ । जेठो छोरा नुरप्रसाद अधिकारी पनि चार वर्षदेखि सम्पर्कविहिन छन् । उनले जेठो छोरालाई भेट्ने निकै ईच्छा गरेकी छन् । तर, उनी अहिलेसम्म सम्पर्कमा आएका छैनन् । अहिले गंगामाया एक्लै न्यायको लडाई लडिरहेकी छन् । कथा धेरै लामो छ । किटानी जाहेरी दिएको लामो संघर्षपछि समातिएका अभियुक्तलाई चितवन जिल्ला अदालतले निर्दोष भनेर छाडिदिएपछि त्यो आदेशविरुद्ध सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगेकी गंगामाया सँधै पेशी सरिरहने अदालती प्रक्रियाबाट थप अशान्त छिन् । काठमाडौंमा पब्लिक डिफेन्स एलाइन्सले आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कार्कीले १५–१६ मिनेट बोलिन् । उनले त्यसको आधा समय गंगामाया अधिकारी र डा. गोविन्द केसीबारे खर्च गरिन् । उनले आफ्नो सामान्य रोग डेढ लाख खर्च गर्दा पनि पत्ता नलागेको घटना सुनाउँदै उनले गोविन्द केसीले उठाएको मुद्धाको समर्थन गरेर नेपालको मेडिकल शिक्षाबारे निकै शब्द खर्च गरिन् । गंगामायाबारे बोल्दा निकै भाबुक भईन् । उनले आफुले पनि गंगामायाको मुद्दा एक पटक हेरेको कुरा उनले सुनाईन् । बाध्यताले आफुले त्यसमा सोचे अनुरुप काम गर्न नसकेकोमा भने उनले पछुतो मानिन् । गोविन्द केसीबारे बोलिसकेपछि उनले भनिन्, ‘मलाई अर्को कुराको पनि दुःख लागेको छ । हिजो कांग्रेस र एमाओवादीको संयुक्त सरकार थियो । गंगामाया त्यही लडिरहेकी थिइन् । उनका आँशु झरिरहेका थिए । श्रीमानको शव शिक्षण अस्पतालमा छ, एउटा छोरा मरेको हो कि बाँचेको छ, थाहा छैन, एउटा मारियो । आज कांग्रेसका नेताहरु गंगामायालाई भेट्न लाईन लागेर गइरहेका छन् । सरकारमा भएका बेला जानुभएन । अहिलेको सरकार पनि गंगामायालाई भेट्न जाँदैन । भोलि निस्किएपछि मुद्दा बनाउँछ । सबैभन्दा दुःख लाग्ने यही हो ।’ उनले अगाडि भनिन्, ‘गंगामायाको नाम लिँदा म राति झस्कन्छु । मैले मिसिल पनि हेरेकी छु । एक दिन बहस पनि सुनेको छु । तपाई सम्झनुस् त, तिनै नेता कसैका छोरा मर्दा ती रुँदैनन् ? आफ्ना छोरालाई युवराज बनाएर सडकमा उभ्याउँछन् । तिनका नाममा कार्यक्रम गर्छन् । तर, गोरखा फुजेलकी एउटा मामुली महिला, जसको १६–१७ वर्षको छोरा एसएलसी पास भएको मावली हजुरबालाई सुनाउन जाँदा मारियो । श्रीमान मारिए, आफू मर्ने अवस्थामा छिन्, छोरो वेपत्ता छ ।’ एउटा परिवारलाई तपाई घाँटी ङ्याकी ङ्याकी मारिरहनु भएको छ । हामी सबैले मारेका हौं, किनभने हामी पनि बोल्दैनौं । ६ वर्षदेखि एउटा महिला न्यायका लागि लडिरहेकी छिन् । कार्कीले अगाडि भनिन्, ‘हरेकलाई आफ्नो सन्तानको माया हुन्छ, गंगामाया त्यही छोरोका लागि दम घुटीघुटी मरिरहेकी छन् । त्यो साहस सम्झनुस् त एक पटक ।’ न्यायमूर्ति महिला हुन भने उनै गंगामाया हुन् । ति महान नारी हुन्, समेत भनिन् उनले । उनले वर्तमान सरकार र विपक्षीहरुलाई पुग्दो भनिन्, १५ मिनेटको समयमा । नभन्दै बुढो वीर अस्पतालमा अहिले उसै भीडभाड छ । एक पछि अर्को गर्दै विपक्षी दलका नेता र अधिकारकर्मीहरुको घुइँचो लाग्ने गरेको छ । सत्ताधारीहरु भने राष्ट्रपतिले सम्झाउँदा पनि गंगामायालाई भेट्न गएका छैनन । जाउन् पनि कसरी गंगामायाले उनीहरु हुलहालमा आए भने लगाउन भनि उहिल्यै चप्पलको माला तयार पारेर राखेकी छन् । आइसीईयुमा पुग्नु अघि पनि गंगामाया अधिकारी त्यही वीर अस्पतालको क्याविन ७ मा थिईन भन्ने कुरा सबैलाई थाहा थियो । सत्ताधारी र विपक्षीलाई अझ राम्ररी नै, । त्यतिबेला त भेट्न पनि सजिलै थियो । उनी बोल्न समेत सक्थिईन । पीर मर्का सुनाउन सक्थिईन । त्यो सुन्ने फुर्सद नहुनेहरु आज एकाएक कसरी फुर्सदिला भए ? अनि विरामीको अवस्था निकै शीथिल भएपछि आईसीयुमा राख्ने गरिन्छ। आईसीयुमा हुँदा भीडभाड धेरै गर्न पाईँदैन । तर, अहिले किन भेट्न मरिहत्ते गरेको ? बुझिनसक्नु । कि उनको सत्याग्रहमाथि राजनीति गर्न खोजेको ? आईसीयु जाने बाटो देख्नु भो त नेता ज्यू ? गंगामायालाई भेट्ने र फोटो खिच्नेहरुको भीड बढेको छ । तर, उनलाई भेटन जाने बाटोका तस्वीर हुन् यी । धेरै लेख्नु पर्दैन होला । देख्नु भयो त । नेता ज्यू आईसीयु जाने बाटो ??? आईसीयु जाने बाटो- ताजा तस्वीर आईसीयु जाने बाटोमा यसरी उघारिएको छ, ढल । गन्हाएर बसिसक्नु हुँदैन, यो कुरा गंगामायालाई कुर्नेहरुले भनेको । अस्पतालबाट पनि विभेद गंगामाया अधिकारीलाई पुरानो आईसीयुमा लगिएको छ । वीरमा दुई वटा आईसीयू छ, नयाँ र पुरानो । डाक्टर पनि छैटौं नम्बरकाले हेर्छन् उनलाई । पहिलो र दोस्रो नम्बरकाले हेर्दैनन् । प्रहरीले महिला कुरुवा फेरिरहन्छ । के ले बचाइरहेकाे छ उनलाई ? शहीद दिवसको दिनबाट निर्जल अनसन बसेकी गंगामायालाई अहिले स्लाईन पानी मात्रै दिईएको छ । गणतन्त्र दिवसकाे दिनबाट अन्य औषधि पनि उनले लिन छोडिन् । मुखबाट लिने औषधिहरु केही लिएकी छैनन् । अनि पिसाब लाग्ने औषधि दिइएको छ । त्यो पनि स्लाईनबाटै । पिसाब प्रत्येक पटकको नाप्ने गरिएको छ । उनी अलिअलि बोल्न सक्छिन् । एक्लै न्यायको लडाई तत्कालीन विद्रोही माओवादीको अपहरणमा परी २०६१ जेठ २४ मा हत्या गरिएका १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही हुनुपर्ने माग गर्दै गंगामाया न्यायको लडाई लडिरहेकी छन् । आमरण अनसनमै प्राण त्यागेका नन्दप्रसादको शव अझै पनि शिक्षण अस्पतालको शव गृहमै छ । जेठो छोरा नुरप्रसाद अधिकारी पनि चार वर्षदेखि सम्पर्कविहिन छन् । उनले जेठो छोरालाई भेट्ने निकै ईच्छा गरेकी छन् । तर, उनी अहिलेसम्म सम्पर्कमा आएका छैनन् । अहिले गंगामाया एक्लै न्यायको लडाई लडिरहेकी छन् । कथा धेरै लामो छ । किटानी जाहेरी दिएको लामो संघर्षपछि समातिएका अभियुक्तलाई चितवन जिल्ला अदालतले निर्दोष भनेर छाडिदिएपछि त्यो आदेशविरुद्ध सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगेकी गंगामाया सँधै पेशी सरिरहने अदालती प्रक्रियाबाट थप अशान्त छिन् ।

0 Comments