Incident Reports

Accused of Adhikari Killing Released on Bail

2014-04-17

Gandaki, Gorkha, Gandaki

Chitwan, krishna prasad adhikaarika hatyaka aaropitharu dharautima riha. Chitwan/ April 17 Chitwan District Court has released two of the accused in Krishna Prasad Adhikari murder case, on bail on April 17. Of 13 persons, against whom the case was filed on Sunday, the District Court had proceeded with the hearing of two individuals yesterday. Among the two persons released today on bail are Bhisma Raj aka Bhimsen Paudel and Chhabilal Paudel on the bail amounts of Rs 20,000 and Rs 27,000 respectively. Meanwhile, the single session of district judge Binod Mohan Acharya issued an arrest warrant against other 11 others accused in the case. Chitwan district attorney had filed a case against against Chhabilal Paudel, Bhisma Raj Paudel, Ram Prasad Adhikari, Parsuram Poudel, Kali Prasad Adhikari, Himlal Adhikari, Sita Adhikari, Ram Prasad Adhikari, Meghnath Paudel, Subhadra Tiwari, Bishnu Tiwari Januka Paudel and Rudra Aacharya. The verdict says that the two were being released as there was no sufficient ground to believe their involvement in the incident and that also considering the documents presented at the court, the age of Chhabilal and the change situation following the conflict period, the court was releasing them. District government attorney Ek Narayan Lamsal and Dinesh Tripathi and Pushparaj Paudel from the petitioners had made arguments at the court saying the documents presented to the court were sufficient to hold them in custody while 26 advocates argued on behalf of defendants. Sabitri Sapkota गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यामा संलग्न रहेको आरोप लागेका दुई जनालाई चितवन जिल्ला अदालतले वैशाख ४ गते धरोटीमा रिहाको आदेश गरेको छ । चितवन जिल्ला अदालतका न्यायधीश विनोदमोहन आचार्यको एकल इजलासले सो मुद्दामा अभियोग लगाइएका १३ जनामध्ये छबिलाल पौडेललाई रु. २० हजार र भीमसेन भनिने भिष्मराज पौडेललाई रु. २७ हजार धरौटी राखि रिहा गर्ने आदेश गरेको हो । बाँकी ११ जनालाई वारेन्ट जारी गर्ने आदेश गरेको छ । सो आदेश पत्रमा लेखिएको छ- "प्रस्तुत मुद्दाको रोहबरमा यी प्रतिवादी दुवै जना घटित वारदातका सन्दर्भमा कसुरदार हुन भनि यकिन गर्न सकिने वा विश्वास गर्न सकिने तत्काल प्राप्त प्रमाणको अभाव देखिँदा हाललाई अभियोजन दाबीकै भरमा निज प्रतिवादीहरूलाई थुनामा राख्नु पर्नेसम्मको अवस्था देखिन आएन । अतःनिजहरू उपरको अभियोग दाबी लिँदा लिईएका संकलित कागज प्रमाणको प्रमाणिक स्थिति र द्वन्द्वकालीन अवधि पश्चात देशमा आएको परिवर्तित अवस्था एव्म प्रतिवादीमध्येका छबिलाल पौडेलको उमेरको अवस्था समेतको आधारमापछि बुझ्दै जाँदा ठहरे बमोजीम वा प्रस्तुत मुद्दामा भएको यो आदेशको सन्दर्भमा कुनै आदेश वा निर्णय भई आएमा उसै बखत कानुन बमोजीम हुने वा हुन सक्ने नै हुँदा हाललाई अ.बं. ११८ को देहाय ५ र १० नंबर बमोजिम प्रतिवादी छबिलाल पौडेलबाट रु. २० हजार तथा अर्का प्रतिवादी भीमसेन भन्ने भिष्मराज पौडेलबाट रु २७ हजार धरौट स्वरुप दिएमा नगद वा जेथा जमानत लिने, नदिएमा पुर्पक्षको लागि तोकीएको सिदा पाउने गरी सम्बन्धित कारगारमा लेखि पठाउने । फरार प्रतिवादीको हकमा श्रेस्तेदार उपसचिवले गरेका तोक आदेश अनुरुप कानुन बमोजिमको वारेन्ट र म्यादी पुर्जी जारि गरी पठाउने गरी अ.बं. १२४ ग.नं. बमोजिम यो आदेश गरिदिएको छ ।" नेपाल सरकार वादी रहेको सो मुद्दामा जिल्ला न्यायधिवक्ता एकनारायण लम्सालले वादीको तर्फबाट र जाहेरीवालाको तर्फबाट अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता पुष्पराज पौडेलले बहस गरेका थिए । उनीहरूले प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा नै राखेर अनुसन्धान गर्न यथेष्ठ प्रमाण रहेकोले थुनामा नै राख्नुपर्ने माग राख्दै बहस गरेका थिए । प्रतिवादीका तर्फबाट वकालत नामावलीमा ३१ जनाले नाम दर्ता गराए तापनि अधिवक्ता विश्वप्रकास भण्डारी, अधिवक्ता रमनकुमार श्रेष्ठ, वरिष्ठ अधिबक्ता चण्डेश्वर श्रेष्ठ, वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायधिवक्ता मुक्तिनारायण प्रधान, अधिवक्ता रमेशकुमार मैनाली, अधिवक्ता प्रेमसिंह धामी लगायत २६ जनाले बहस गरेका थिए । सावित्री सापकोटा

0 Comments