Incident Reports

चितवनमा अनुदान शिक्षकको धर्ना: पाँच महिनादेखि पारिश्रमिक नपाउँदा जीवन निर्वाह गर्न धौधौ

2020-11-22

चितवन मंसिर ७-

सामुदायिक विद्यालय कार्यरत अनुदान शिक्षकले समयमै तलब नपाएपछि निरन्तर आन्दोलनमा उत्रिएका छन् । गत साउनदेखि तलब नपाएका चितवनका शिक्षकहरुले आज जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ चितवनमा शान्तिपूर्ण धर्ना दिएका हुन् । शिक्षण सिकाइ सहयोग अनुदान शिक्षक संघर्ष समितिको आयोजनामा आज (आइतबार) १२ बजेदेखि ४ बजेसम्म इकाइको परिसरमा धर्ना बसेका थिए । चालु आर्थिक वर्ष २०७७\७८ को बजेट तथा कार्यक्रममा अनुदानको रकम विनियोजन भइसक्दा पनि स्थानीय तहमा रकम निकासा नहुँदा शिक्षकले तलब नपाएको बताएका छन् । शिक्षण सिकाइ सहयोग अनुदान शिक्षक संघर्ष समिति चितवनका संयोजक घनश्याम शर्माले नेपालीहरुको मुख्य चाडपर्व दसैँ, तिहार, छठ जस्ता मुख्य चाडपर्वमा सँगै काम गर्ने सहकर्मीले तलब बुझ्दा आफूहरु रित्तै हात फर्कनुपरेको गुनासो गरे । उनले थपे ‘सरकार कोरोना जस्तो विषम परिस्थितिमा शिक्षण सिकाइ सहयोग अनुदानको रकम अड्काएर अंग्रेजी, गणित, विज्ञान जस्ता मुख्य विषयका शिक्षकलाई अन्योलमा राखी लाखौ विधार्थी भविष्य माथि खेलवाड गरेको छ ।’ तलब माग गर्दै पटकपटक स्थानीय पालिकादेखि शिक्षा विकास समन्वय इकाइ, मानव स्रोत विकास केन्द्रदेखि शिक्षा मन्त्रालय सम्म ध्यानाकर्षण नहुँदा धर्नामा बस्नुपरेको संयोजक भुसालले बताए ।कोरोना कहर चलिरहेको बेला आफूहरु विद्यालयको सिकाइ पक्रियादेखि अन्य सम्पूर्ण गतिविधिमा सहभागी हुँदै आइरहेको अनुदान शिक्षक संघर्ष समितिका सचिव देवबहादुर बस्नेतले नारायणी अनलाइनलाई जानकारी दिए । यद्यपि संकटको बेला पारिश्रमिक नपाएपछि दैनिक जीवनयापनलगायत मानसिक तनाव झेल्नु परेको समितिका सचिव बस्नेतले बताए । उनले शैक्षिक शत्रको ८ महिना पुगिसक्दा पनि अनुदान शिक्षकबारे कुनै पनि आधिकारिक सूचनासमेत सम्बन्धित निकायबाट नदिई थप अन्योलतामा पारेको भन्दै देशैभरीबाट शिक्षकहरु आन्दोलनमा उत्रिएको बताउँदै तत्काल माग पूरा नगरे कडा भन्दा कडा आन्दोलनमा उत्रने चेतावनी दिए । शैक्षिक सत्र २०७७ भरीको तलब भत्ता तत्काल उपलब्ध गराउनुपर्ने , शिक्षण सिकाइ सहयोग अनुदान विगतदेखि कार्यरत शिक्षकलाई निरन्तरता दिनुपर्ने, अनुदान कार्यक्रमअन्तर्गतका शिक्षकहरुलाई अन्य शिक्षक सरह नेपाल सरकारले तोकेबमोजिमको सेवा सुविधा प्रदान गनुपर्नेलगायतका मागहरु तत्काल पूरा गर्नुपर्ने संंघर्ष समितिले बताएको छ । देशैभरी अनुदान कोटामा चार हजार बढी र चितवनमा ७० भन्दा बढी शिक्षकहरु कार्यरत छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Secondary Cause Government Relief
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments