Incident Reports

तलब आधा घटाइएको भन्दै बालकुमारी माविमा शिक्षक-कर्मचारीद्वारा तालाबन्दी

2020-12-17

बिहिबार, पुस २, २०७७

बालकुमारी माध्यमिक विद्यालय, नारायणगढमा निजी स्रोतमा कार्यरत शिक्षक कर्मचारीले विद्यालयमा तालाबन्दी गरेका छन् ।

उनीहरुले विहीबार एक विज्ञप्ति निकाल्दै विद्यालयको प्रधानाध्यापक कक्ष, लेखाशाखा र शिक्षक स्टाफकोठामा तालाबन्दी गरेका हुन् । बैशाखमहिनादेखि कार्तिक महिनासम्मको तलव ५० प्रतिशत र दशैं खर्च २५ प्रतिशत दिने निर्णय गरिएको विरोधमा उनीहरुले तालाबन्दी गरेका हुन् । उनीहरुले बैशाखदेखि यता तलब पाएका थिएनन् ।

यस्तै तत्कालिन विद्यालय व्यवस्थापन समितिद्वारा स्वर्ण महोत्सवका बेला गरिएको निजी स्रोतमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको तलब वृद्धि र अन्य सेवा सुविधा सम्बन्धि घोषणालाई कार्यान्वयन गर्ने÷गराउनेतर्फ वर्तमान कार्यसमिति र विद्यालय प्रशासनले वेवास्ता गरेको विरोधमा तालाबन्दी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

बालकुमारी माध्यमिक विद्यालयमा ४० जना शिक्षकशिक्षिका र ९ जना कर्मचारी गरी ४९ जना कार्यरत छन् । जसमध्ये निजीस्रोतबाट २४ जना शिक्षकशिक्षिका र ७ जना कर्मचारी रहेका छन् ।

सरकारी स्रोतका शिक्षक कर्मचारीले सबै तलबभत्ता पाए पनि निजी स्रोतको तलव भत्तामा कटौती गरिएको हो । उक्त निर्णय १५ दिन अगाडि भएको थियो । त्यसपछि तीन पटकसम्म निजीस्रोतका शिक्षक कर्मचारी, विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समिति र सल्लाहाकार समितिबीच वार्ता भए पनि कुरा नमिलिेपछि तालाबन्दी गर्न बाध्य हुनुपरेको निजीस्रोतका शिक्षक नारायण ढकालले बताए ।

तालाबन्दी गर्ने शिक्षक कर्मचारीहरुले स्वर्ण महोत्सवमा घोषणा गरिएअनुसारको बढ तलबभत्तासहित पूरा तलब नपाएसम्म तालाबन्दी र पठनपाठन ठप्प पार्ने विज्ञप्तिमा उल्लेख छ । माग पूरा गर्न ढिला गरिएमा अझ शसक्त र कडा रुपमा कार्यक्रमहरु गरिने पनि उनीहरुले चेतावनी दिएका छन् । हाल जारी रहेको परीक्षालाई भने कुनै प्रभाव नपार्ने उनीहरुले बताएका छन् ।

विद्यालयका प्रधानाध्यापक नारायणबहादुर थापाले विद्यार्थीहरुको संख्यामा कमी हुँदै गएका कारण आयस्रोतमा पनि कमी आउँदा पूरै तलव दिन नसकिएको बताए । ‘बिहानको समयमा पनि ११ र १२ कक्षा सञ्चालन हुँदा प्लस टुमा मात्रै ५/६ सय विद्यार्थीहरु हुन्थे । अहिले दिउँसोमात्र सञ्चालन हुँदा विद्यार्थीहरु १२ मा ११२ र ११ मा गरी ५७ जना छन् । ११ को भर्ना क्रम जारी छ । हाम्रो आयस्रोत भनैकै विद्यार्थी हुन्’ उनले भने । दुई वर्षदेखि प्लस टु दिउँसोमा मात्रै सञ्चालित छ । नर्सरीदेखि १२ कक्षासम्म अध्ययन हुने सो विद्यालयमा हाल कुल ६०३ जना विद्यार्थी रहेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वद्रि अधिकारीले उनीहरुको मागका विषयमा आफूहरुले छलफल गर्ने बताए । ‘कोरोनाको बेलाको ६ महिनाको तलब सबैको सहमतिमा आधा दिने कुरा भएको हो । अहिले उहाँहरुले विरोध गर्नुभएको छ । त्यस विषयमा छलफल गर्छौं’ उनले भने । स्वर्ण महोत्सवमा घोषणा गरिएको तलव वृद्धिको कुरामा पूरानो कार्यसमितिसँग छलफल गरेर कुरा बुझिने उनले बताए ।

विद्यालयले गत वर्षको माघमा स्वर्ण महोत्सव मनाएको थियो । नयाँ कार्यसमित यसै वर्षको साउनमा बनेको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Secondary Cause Government Relief
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments