Incident Reports

डोल्पामा बेपत्ता आयोगसम्बन्धी ३० उजुरी, राज्यविरुद्ध धेरै

2016-05-25

Karnali, Dolpa, Chharka Tangsong

 स्थानीय शान्ति समितिको कार्यालय डोल्पाअन्तर्गत सत्य निरुपण तथा मेलमिलाप आयोग डोल्पामा अहिलेसम्म ३० वटा उजुरी परेको र बेपत्ता नागरिकसम्बन्धी छवटा उजुरी परेको स्थानीय शान्ति समितिको कार्यालय डोल्पाले जनाएको छ। आयोगमा परेका उजुरीमध्ये राज्यपक्षबाट अन्याय गरिएका उजुरी धेरै परेको स्थानीय शान्ति समिति डोल्पाका सचिव देव सिंह कठायतले बताए। त्यसपछि लुटपाटका धेरै उजुरी परेको कठायतले बताए। कस्ता कस्ता प्रकृतिका उजुरी कति सङ्ख्या परेका छन् भन्ने प्रश्नमा यस्तो जानकारी नदिन केन्द्रीय कार्यालयबाटै जानकारी गराइएकाले दिन नमिल्ने उहाँले बताए।

रासस

0 Comments

Related Reports