Incident Reports

सामूहिक हत्या काण्डका पीडितद्वारा सामूहिक रुपमा उजुरी दर्ता

2016-05-29

Bagmati, Ramechhap, Ramechhap, Ward 2

रामेछापको देउराली गाविसमा सेनाले सामूहिक हत्या गरेका ६ जना मृतकका परिवारले सत्य निरूपण तथा मेलमिलाप आयोगमा सामूहिक उजुरी दर्ता गरेका छन् । पीडित परिवारले जेठ १६ गते संयुक्त रुपमा स्थानीय शान्ति समितिको कार्यालयमार्फत सत्य निरूपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गराएका हुन् । देउराली गाविसका ६ जना स्थानीयलाई ०५९ साल कार्तिक ७ गते सेनाको टोलीले घरघरबाट नियन्त्रणमा लिई सालु गाविस-१ को ढुङ्गेछापमा पुर्‍याएर गोली हानेर सामूहिक हत्या गरेको विभिन्न प्रतिवेदनहरूमा अभिलेखित छ । उनीहरूसँगै जेठ १६ गतेसम्म रामेछापबाट सत्य निरूपण तथा मेलमिलाप आयोगका लागि ४० र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि १७ ओटा उजुरी परेको स्थानीय शान्ति समितिको कार्यालय रामेछापका कम्प्युटर अपरेटर खिला महतले जानकारी दिए । रामेछाप जिल्लामा द्वन्द्वको क्रममा राज्य र तत्कालीन विद्रोही दुवैपक्षबाट २ सय १३ जनाको हत्या र नौ जनालाई बेपत्ता पारिएको इन्सेकको अभिलेखमा उल्लेख छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause State vs non-state armed group
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Army
Actor 1 - Youth na
Actor 2 - Number of people 6
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 6
INSEC

0 Comments

Related Reports