Incident Reports

द्वन्द्वकालीन यौन दुर्व्यवहारका चार उजुरी दर्ता

2016-07-05

इलाममा विगतको सशस्त्र द्वन्द्वका क्रममा भएका यौनजन्य दुर्व्यवहारसम्बन्धी चार ओटा उजुरी सत्य निरूपण तथा मेलमिलाप आयोगमा परेको शान्ति समितिले जनाएको छ । तत्कालीन शाही नेपाली सेना र प्रहरीका विरुद्ध असार २१ गते उजुरी दर्ता भएको शान्ति समिति इलामका कार्यालय सचिव डिकेन्द्र इदिङ्गोले जानकारी दिए । यसअघि २०६१ जेठ ३ गते भएको यौनजन्य दुर्व्यवहार सम्बन्धी घटनासँगै अन्य दुई घटनाको पनि उजुरी दर्ता भएका थिए । पछिल्लो पटक सत्य निरूपण आयोगले उजुरी दर्तासम्बन्धी थप गरेको समयमा सेना र प्रहरीविरुद्ध यौनजन्य दुर्व्यवहारसम्बन्धी घटनाको उजुरी दर्ता भएको सचिव इदिङ्गोले जानकारी दिए । इदिङ्गोका अनुसार असार २१ गते सम्ममा सत्य निरूपण तथा मेलमिलाप आयोगका लागि ९ सय ८१ ओटा र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि २१ ओटा उजुरी दर्ता भएका छन् ।

0 Comments

Related Reports