Incident Reports

गङ्गामायाको बकपत्र गराउन अदालतको आदेश [Updated]

2016-09-11

Bagmati, Chitawan, Chitwan National Park

 छोराको हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौँको वीर अस्पतालमा अनसनरत गोरखा फुजेलकी गङ्गामाया अधिकारीको बकपत्र गराउन भदौ २६ गते चितवन जिल्ला अदालतले आदेश गरेको छ । न्यायाधीश टेकनारायण कुँवरको इजलासले गरेको आदेशमा उल्लेख भए अनुसार चितवन जिल्ला अदालतका एक जना अधिकृतले अव गङ्गामायासँग भेटेर घटनाबारे बकपत्र लिनेछन् । गोरखा जिल्ला फुजेल गाविस-७ घर भई चितवनको रत्ननगर नपा-१३ मा आफ्नो हजुर बुबालाई भेट गर्न आएका १७ वर्षीय कृष्णप्रसाद अधिकारीलाई तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले ०६१ जेठ २४ गते निर्ममतापूर्वक हत्या गरेको आरोप छ । छोराको हत्यारालाई कारबाही गरी न्याय दिलाउन भन्दै गङ्गामाया र उनका पति नन्दप्रसाद अधिकारी अनसनमा थिए । अनसनमै रहँदा नन्दप्रसादको ०७१ असोज ६ गते वीर अस्पतालमा मृत्यु भयो । अहिले गङ्गामायाको स्वास्थ्य अवस्था पनि कमजोर रहेको उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् ।

0 Comments

Related Reports