Incident Reports

सत्य निरुपण आयोगमा पीडितको धर्ना

2017-03-15

Bagmati, Kathmandu, Kathmandu, Ward 11

द्वन्द्वपीडितहरुले सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यशैलीप्रति आपत्ति जनाउँदै आयोग गठनको औचित्यमाथि नै प्रश्न उठाएका छन् । सत्य निरुपण आयोगको औचित्य पुष्टि गर्नुपर्ने लगायतका माग राखी उनीहरुले बुधबार आयोगको केन्द्रीय कार्यालय बबरमहलमा धर्ना दिएका छन् । आयोगले दुई वर्षको अवधिमा गरेको कामको विवरण, पछिल्लोपटक थपेको एक महिना बिनाकाम गुजारेकोबारे सम्बन्धित पक्षले जवाफ दिनुपर्ने उनीहरुको माग छ । त्यस्तै पीडितको सत्य, न्याय र परिपुरणको अधिकारमाथि चरम् खेलबाड गरेको आरोप लगाउँदै यस्तो अवस्थामा सरकार र राष्ट्रिय मानवअधिकार आयोग मूकदर्शक बनेको उनीहरुको गुनासो छ । बिरामी भएको भन्दै आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ लामो समयदेखि कार्यालयमा उपस्थित छैनन् । आयोगका कर्मचारीहरुबीच नै व्यक्तिगत टकराव बढाएर पीडितहरुमाथि लापरबाही गरेको धर्नाकारीहरुको भनाइ छ । आयोगका सदस्य माधवी भट्ट लगायतका अधिकारीहरुले भने धर्ना दिन पुगेकाहरुलाई उनीहरुको समस्या अध्यक्ष र सम्बन्धित निकायमा पुर्‍याउने आश्वासन दिएका छन् । द्वन्द्वकालीन घटना छानबिनका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद गत माघ २७ गते एक वर्षका लागि थप गरिएको थियो । दुई वर्षको अवधिमा आयोगले उजुरी संकलनबाहेक अन्य काम गर्न सकेन । आयोगमा अध्यक्ष गुरुङ, सदस्यहरु भट्ट, लीला उदासी, श्रीकृष्ण सुवेदी र मञ्चला झा छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation related to transitional justice and human rights
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Female Abducted 00
National/Online Media

0 Comments

Related Reports