Incident Reports

Tug-of-war to claim reparation for conflict victim

2017-07-13

Karnali, Jajarkot, Bheri

Kalika Chand of Bheri municipality-2 has been makind continuous efforts to get reparation instead of her uncle Khambu Chand but she has not been successful yet. Kalika's brother Seti Ram had lost his life during the armed conflict in Nepal. She has also submitted an application at the District Administration Office stating that she was the rightful candidate to receive Rs. 5,00,000 to be given to Seti Ram's family. Similarly, another victim of conflict Shitali Kami of Triveni, Nalgad-1 has also lodged a complaint at the District Administration Office that her step-son rather than herself was getting the reparation amount.Wife of Tike Kami,Shitali remarried after her husband Tike died. According to Assistant Chief District Officer Janak Raj Sharma there were a lot of such cases filed at the DAO where the kins of conflict-victims involved in disputes for the reparation. claims made by uncles and ex-wives also make it difficult to ensure the actual victim gets the reparation. Sharma said that they had closed the bank accounts of disputed claimers of reparation. The District Administration Office has been providing Rs. 10 lakhs as reparation to the families of those dead and disappeared during the armed conflict. भेरी नगरपालिका–२ डिङाकी कालिका चन्दले द्वन्द्वपीडित राहतका लागि धेरै प्रयत्न गरिन् तर पाउन सकेकी छैनन् । उनका भाइ सेतीरामको सशस्त्र द्वन्द्वमा ज्यान गएको थियो । सेतीरामकी दिदी कालिकाबाहेक नजिकका हकदार कोही छैनन् । तर, सेतीरामका नाममा आउने राहत रकम ठूलाबुबा खम्बु चन्दले बुझ्ने गरेका छन् । उक्त राहत आफूले पाउनुपर्ने भन्दै कालिकाले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी छन् । सेतीरामका नाममा आएको ५ लाख राहतका लागि खम्बु र कालिकाबीच विवाद चुलिएको छ । त्यस्तै त्रिवेणी नलगाड नगरपालिका–१ की शीतली कामीले पनि राहत नपाएको भन्दै प्रशासनमै उजुरी गरेकी छन् । द्वन्द्वमा ज्यान गुमाएका छोरा वीरबहादुर विकका नाममा आएको राहत सौतेनी छोरा लालबहादुरले बुझ्ने गरेको उनको गुनासो छ । वीरबहादुर भेरी नगरपालिका–१ का टीके कामीका छोरा हुन् । टीकेले शीतली र झुमादेवीलाई विवाह गरेका थिए । टीकेको मृत्युपछि शीतलीले दोस्रो विवाह गरेकी हुन् । राहत पाउने हक सौतेनी भाइ लालबहादुर नभई आमालाई भएको शीतलीको दाबी छ । यही विषयमा झुमादेवीका छोरा लालबहादुर र शीतलीबीच विवाद बढेको छ । जिल्ला प्रशासन कार्यालयमा राहतको दाबी गर्दै दिनहुँ यस्ता उजुरी पर्ने गरेको छ । मृतकका नाममा आएको ५ लाख राहत आफन्तबीच तानातान हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए । नजिकका हकदार कोही नहुनु, आमाबाबुको मृत्यु हुनु, नाबालकको उमेर पुग्नु, दोस्रो बिहे गर्नुलगायत कारण आफन्तबीच राहत तानातान हुने गरेको उनले बताए । ‘कतिपय आमा तथा पत्नीले दोस्रो विवाह गर्दा उनीहरूको नाममा आउने राहतका लागि छोराछोरीले उमेर पुगेपछि विवाद गर्ने गरेका छन् । दोस्रो विवाह गर्ने आमा राहतको हकदार हुन नसक्ने भन्दै विवाद भएको छ,’ उनले भने । काकाबाबा र दोस्रो विवाह गरेकाले पनि राहतमा दाबी गर्दा वास्तविक पीडितले राहत पाउन नसकेको शर्माले बताए । राहतका लागि विवादित बनेका हकवालाको बैंक खाता रोक्का गरेको उनले बताए । जिल्ला प्रशासनले सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका र बेपत्ता भएका गरी ४ सय मृतकका आफन्तलाई १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउँदै आएको उनले बताए ।

0 Comments