Incident Reports

जीवित व्यक्तिका परिवारले मृतकका नाममा राहत बुझेको खुलासा l

2013-06-13

Binod Pandey बाँके । ०७० जेठ २९ गते जीवित व्यक्तिलाई मृतक बनाएर परिवारले द्वन्द्वपीडित राहत बुझेको खुलासा भएको छ । रनियापुरका चंखु गिरी जीवितै भए पनि उनका परिवारले मृतकको सूचीमा नाम पारेर राहत बुझेका छन् । चंखुको परिवारले पहिलो चरणको १ लाख रुपैँया बुझेको र जीवित रहेको खबर आएपछि दोस्रो चरणको २ लाख रुपैँया लिन आए पनि नदिइएको शान्ति समितिले जनाएको छ । गिरी परिवारले शान्ति समिति गठन हुनु पूर्व जिल्ला प्रशासन कार्यलयबाट राहत रकम बुझेका थिए । शंकाष्पद र पछि थप भएकाहरूको वास्तविकता पत्ता लगाउन टोली परिचालन भएको र जेठ मसान्तभित्र मृतक र बेपत्ताको वास्तविक तथ्यांक निकाल्ने शान्ति समितिका संयोजक तथा इन्सेक मध्यपश्चिम क्षेत्रीय कार्यालयका संयोजक भोला महतले बताए । यसैगरी ४ सय ६४ मृतकको नाममा निवेदन परेकोमा २ सय ३५ लाई समितिले सदर गरेको छ । २ सय २९ जनाको दोहरिएकोले लगतबाट हटाउने, विभिन्न कारणले मृत्यु भएका ६ जनाको नाम हटाउने, २९ जनाको प्रमाणित गर्नु पर्ने, बेपत्ताको हकमा हालसम्म कायम रहेको ५९ जनालाई सदर गरेको छ भने बाँकी निवेदन प्राप्त भएका आधारमा ४८ जना वास्तविक पीडित हुन या होइनन् यकिन गर्न तथा सत्यतथ्य पत्ता लगाउन छानविन भइरहेको संयोजक महतले बताए । त्यसैगरी बेपत्ता नभएका व्यक्तिहरूको पनि बेपत्ता सूचीमा नाम राखिएको भेटिएको छ । मृतक र बेपत्ताको सत्यतथ्य पत्ता लगाउन जिल्लामा चार ओटा टोली परिचालन गरिएको छ । विनोद पाण्डे

0 Comments

Related Reports