Incident Reports

राज्यले सुनुवाई गर्न छोडेपछि बेपत्ता परिवारले गरे अन्तिम संस्कार ।

2017-09-04

जनयुद्धको क्रममा बेपत्ता पारिएका व्यक्तिहरुबारे राज्यले बेवास्ता गर्न थालेपछि पीडित परिवार अन्तिम संस्कार गर्न बाध्य भएका छन् । कैलालीस्थित साबिक उदासीपुर–७ का विनोद चौधरीका परिवारले दास संस्कार गरेका हुन् । कि लाश कि शास माग्दै आएका बेपत्ता परिवारको मागलाई राज्यले कुनै सुनुवाई नगरेपछि उनीहरुले यो बाटो रोजेका हुन् । विनोदलाई तत्कालिन शाही सेनाले २०५९ साल जेठ ९ गते बेपत्ता पारेको थियो । एक दशकसम्म राज्यसँग गुहार गर्दासमेत सुनुवाई नभएपछि विनोदका परिवार हिजो र आज ९सोमबार र मंगलबार० परम्पराअनुसार अन्तिम संस्कार गरेका छन् । तत्कालिन विद्रोही माओवादी समेत सरकार भएको बेला मृत्युको पुष्टि नहुँदै बेपत्ता परिवारले दास संस्कार गर्नुपर्ने अवस्थामा पुगेका छन् । पीडित परिवारले विनोदको आत्मा शान्तिको लागि भन्दै पुजापाठ गरेर अन्तिम संस्कार गरिएका छन् । जनयुद्धको नेतृत्वकर्ता तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत आफ्ना आफन्तबारे कुनै सुनुवाइ गर्न छोडेपछि अब शास आउँनेमा निरास भएर आफूले आफ्नो तर्फबाट परम्पराअनुसारको कार्य गरेको परिवारले बताएका छन् ।

0 Comments

Related Reports