Incident Reports

Gangamaya begins fast-on-to death strike

2018-05-29

Bagmati, Kathmandu, Kathmandu

Ganga Maya Adhikari, 62 of Phujelhas begin her fast-un-to death strike from the day the country is celebrating a Republican day. Ganga Maya is struggling for the justice since 14 years demanding the action against murderer of her 17 years son Krishna Prasad Adhikari . From the last few years she was just taking liquefied food and from May 29 she has informed that she will be in fast-on-to death. She is kept in Bir Hospital since long time under the government supervision and she said that she will start her hunger strike from the hospital bed after the government is not showing any interest on delivering her justice. She showed her anger to the judiciary system after failing to provide her justice. She has even challenged government to hang her if it could not provide justice. Her husband Nanda Prasad Adhikari died in a process of hunger strike demanding the justice. While speaking with the media personnel ,Ganga maya became hysteric and warned to self immolate if the justice is not delivered. In 2004 June 6, Krishna Prasad Adhikari,17 was killed after the abduction by the former Maoist cadres. The dead body of Nanda Prasad who died during the process of fast-on-to death still remains in Teaching Hospital. छोराको हत्यामा संलग्नलाई कानुनबमोजिम कारबाही हुनुपर्ने माग राख्दै आएकी गंगामाया अधिकारीले पुन: आमरण अनशन सुरु गरेकी छन् । सरकारले आफ्नो माग नै सुन्न छाडेको भन्दै वीर अस्पतालको १७ नम्बर क्याबिनमै उनले मंगलबारदेखि अनशन थालेकी हुन् । उनी उक्त क्याबिनमा ५ वर्षदेखि बस्दै आएकी छन् । ‘म कति दिन न्यायको भिख माग्दै बस्नु ?’ उनले भनिन्, ‘दुई/चार अपराधीलाई जेलसमेत हाल्न सक्दैन भने यो देशमा सरकार मेरा लागि छैन । न्यायको खोजीमा आजसम्म बाँचें, अब यो अन्याय सहने हिम्मत ममा भएन ।’ सर्वाेच्च अदालतले जारी गरेको आदेशअनुसार छोरा कृष्णप्रसादको हत्यामा संलग्न अभियुक्तलाई पक्राउ गरिनुपर्ने उनको माग छ । न्यायाधीश गिरीशचन्द्र लाल र दीपकराज जोशीको इजलासले ६ पुस २०७२ मा हत्याका अभियुक्त छविलाल पौडेललाई धरौटीमा छाड्ने पुनरावेदन अदालत हेटौंडाको आदेश उल्ट्याउँदै पुर्पक्षका लागि थुनामै राखेर मुद्दाको कारबाही अगाडि बढाउन आदेश दिएको थियो । आदेशपछि गंगामायाले अनशन तोडेकी थिइन् । तर तीन वर्ष बितिसक्दा पनि आदेश कार्यान्वयन नभएपछि फेरि अनशन गर्नुपरेको बताएकी छन् । सुरुमा जिल्ला अदालत चितवन र त्यसपछि पुनरावेदन हेटौंडाले अभियुक्त पौडेललाई छाड्ने आदेश दिएको थियो । त्यसविरुद्ध गंगामायाले सर्वाेच्चमा निवेदन दिएकी थिइन् । त्यसमाथि अन्तिम सुनुवाइ गर्दै सर्वाेच्चले पौडेललाई थुनामा राख्न भनेको थियो । गंगामाया र उनका पति नन्दप्रसाद आफ्ना छोराको हत्यामा संलग्नलाई कारबाही हुनुपर्ने मागसहित आमरण अनशनमा उत्रिएपछि सरकारले सर्वस्वसहित जन्मकैदको मागदाबीसहित चितवन जिल्ला अदालतमा १३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । अधिकारी दम्पतीले आमरण अनशन सुरु गरेको ५ महिनापछि ०७० चैतमा अभियुक्तविरुद्ध चितवन अदालतमा मुद्दा दायर गरिएको थियो । तर प्रमाण नपुगेको भन्दै आरोपीहरूलाई थुन्न नमिल्ने आदेश अदालतले गरेको थियो । त्यसविरुद्ध अधिकारी दम्पती पुनरावेदन अदालत हेटौंडा गएका थिए । हेटौंडाले पनि जिल्लाको निर्णय सदर गरेपछि त्यसविरुद्ध सर्वाेच्च आउँदा नन्दप्रसादको मृत्यु भइसकेको थियो । त्यसपछि गंगामाया एक्लैले सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation related to transitional justice and human rights
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments