Incident Reports

'न्याय खोज्न कहाँ जाऊ ?' भन्दै गंगामाया पुगिन् राष्ट्र संघ भवनमा

2019-01-09

Nepal

न्यायको माग गर्दै गंगामाया अधिकारी संयुक्त राष्ट्र संघ भवन पुगेकी छन्। ललितपुरको पुलचोकमा रहेको संयुक्त राष्ट्र भवनमा पुगेर उनले न्यायको माग गरेकी हुन्।

गंगामाया ‘न्याय खोज्न म कहाँ जाऊ ?’ लेखिएको प्लेकार्ड छातिमा झुन्ड्याएर राष्ट्र संघ भवन पुगेकी हुन्। केही सहयोगीका साथमा गंगामाया बुधबार दिउँसो राष्ट्र संघ भवन पुगेकी हुन्।

कतै गए पनि छोराका हत्यारालाई कारबाही नभएको र नेपालमा न्याय नपाइएको भन्दै गंगामायाले अन्तराष्ट्रिय ढोका ढकढक्याउन थालेकी हुन्।

‘गंगामायालाई न्याय दिने कुरा नेपालको मात्र होइन। संयुक्त राष्ट्र संघ र राष्ट्र संघका सदस्य राष्ट्रको पनि दायित्व हो’, उनका एक सहयोगीले भने, ‘आवश्यक परे उहाँ राष्ट्र संघको केन्द्रीय कार्यालयमै जान तयार हुनुहुन्छ।’

छोरा कृष्णप्रसादको न्यायका लागि लडाईं लड्दा लड्दै बाबु नन्दप्रसाद अधिकारीको निधन भइसकेको छ भने गंगामाया निरन्तर न्यायको माग गर्दै आन्दोलित छन्। उनले छोराको हत्यामा संलग्न रहेको आरोप लागेका रुद्र आचार्य बेलायतमा रहेको दाबी गरेकी छन्।

उनका छोरा कृष्णप्रसादको माओवादी सशस्त्र युद्धका क्रममा हत्या भएको थियो। 

0 Comments

Related Reports