Incident Reports

युएन गुहार्दै गंगामाया

2019-01-10

काठमाडौं – सत्याग्रही गंगामाया अधिकारीले न्यायका लागि संयुक्त राष्ट्रसंघ (युएन) लाई गुहार्ने भएकी छन्।

छोराको हत्या घटनामा नेपाल सरकारबाट न्याय नपाएपछि उनले यो प्रकरणलाई अन्तर्राष्ट्रियकरण गर्न लागेकी हुन्। अधिकारीले बुधबार दिउँसो ३ बजे नेपालस्थित यूएन आवासीय संयोजक भेलेरी जुलियान्डलाई भेटेर न्यायका लागि अपिल गर्ने कार्यक्रम छ।

अधिकारीले सरकार आफूलाई न्याय दिन अनिच्छुक रहेको र छोराको हत्यारालाई कारबाही गर्न अक्षम रहेको निष्कर्षसहित घटनालाई अन्तर्राष्ट्रियकरण गर्न लागेकी हुन्। अधिकारीले बेलायत भ्रमण गर्ने पनि बताएकी छन्। उनका छोरा कृष्णप्रसादको हत्यामा आरोपी रुद्रप्रसाद आचार्य बेलायतमै लुकेर बसेको चर्चा चल्ने गरेको छ।

गंगामायाले संयुक्त राष्ट्रसंघको मुख्यालयको पनि भ्रमण गर्ने जनाएकी छन्। युएनका माध्यमबाट उनले विभिन्न अन्तर्राष्ट्रिय समुदायसँग पनि भेटघाट गर्नेछिन्। गंगामायाले छोराको हत्यारालाई कारबाहीका लागि पूर्ण भोक हडताल सुरु गर्ने वा न्यायका लागि अन्तर्राष्ट्रिय समुदायलाई गुहार्ने बताउँदै आएकी छन्।



0 Comments

Related Reports