Incident Reports

सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष गुरुङ र सदस्य उदासीको राजीनामा

2019-02-06

सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ र सदस्य लीला उदासीले राजीनामा दिएका छन्।

सत्य निरुपण र बेपत्ता पारिएकाहरुको छानबिन आयोगको म्याद आगामी २६ गते सकिँदैछ। म्याद सकिनु तीन दिनअघि उनीहरुले राजीनामा दिएका हुन्।

संक्रमणकालीन न्यायका लागि बनेका आयोगहरुको पटकपटक म्याद थपिँदै आएको छ। आवश्यक कानुन निर्माण नभएको अवस्थामा द्वन्द्वकालीन मुद्दामा न्याय दिन नसकिने भन्दै उनीहरुले राजीनामा दिएका हुन्। माघ २७ देखि लागू हुनेगरी राजीनामा आयोगमा पेस गरिएको छ।

सशस्त्र द्वन्द्वको क्रममा व्यक्ति बेपत्ता पारिएको तथा मानव अधिकारको गम्भीर उल्लंघनको छानबिन गरी दोषीलाई कारबाहीर पीडितलाई न्याय दिलाउन आयोग गठन भएको थियो। दुवै आयोग २०७१ माघमा गठन भएका थिए।

0 Comments

Related Reports