Incident Reports

सिफारिस समिति गठन

2019-03-26

Nepal

सरकारले सत्य तथा मेलमिलाप आयोग र बेपत्ता आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न पूर्वप्रधानन्याधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा पाँचसदस्यीय सिफारिस समिति गठन गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गठन गरेको समितिमा मानअधिकार आयोगका प्रतिनिधि पदेन सदस्य रहनेगरी समिति गठन गरेको हो। कानुनतः आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गर्नुपर्ने प्रावधान छ।

चार वर्षअघि गठित दुवै आयोगको म्याद एक वर्षका लागि थपिएको भए पनि पदाधिकारीको म्याद चैत मसान्तसम्मका लागि मात्रै थियो। गत माघ २६ गते आयोगको म्याद थपिएपछि सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ र सदस्य लीला उदासीले राजीनामा दिएका थिए।

0 Comments

Related Reports