Incident Reports

अनशनरत अधिकारी दम्पत्तिको स्वास्थ्य अवस्था कमजोर l

2013-11-27

Vivek Dhungana छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही गरिनुपर्ने माग राखि कात्तिक ७ गतेदेखि अनशनरत गोरखा फुजेल ७ का ५६ वर्षीय नन्दप्रसाद अधिकारी र उनकी पत्नी ५२ वर्षीया गंगामाया अधिकारीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । वीर अस्पतालको स्पेशल क्याबिनमा रहेका अधिकारी दम्पत्तिको स्वास्थ्य अवस्था बिग्रदै गएपछि उनीहरूलाई चिकित्सकले स्लाईन पानी दिईरहेका छन् । दम्पत्तिले हालसम्म अन्न खाएका छैनन् । उनीहरू राम्रोसँग बोल्न नसक्ने अवस्थामा छन् । यस अघि पनि छोराको हत्यारालाई कारबाहीको माग गर्दै ०६९ माघ २२ गते देखि गोरखा तथा काठमाडौँका विभिन्न स्थानमा अनशन बस्दै आएका थिए । अधिकारी दम्पत्तिको स्वास्थ्य अवस्था अतन्तै नाजुक बन्दै गएको अवस्थामा दम्पत्तिको माग अनुसार भदौ २१ गते सरकारले कृष्णप्रसादको हत्यामा संलग्न रहेको आरोपमा गोरखा फुजेल ४ का तत्कालीन माओवादी कार्यकर्ता ३५ वर्षीय रामप्रसाद अधिकारीलाई काठमाडौँ बागबजारबाट गिरफ्तार गरेको थियो । साथै मानवअधिकारकर्मी एवम् नागरिक अगुवाहरूको रोहवरमा प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरी बास्कोटसँग तीनबुँदै लिखित सहमति भएपछि अधिकारी दम्पत्तिले ०७० भदौ २२ गते राती अनशन तोड्न र खाना खान सहमत भएका थिए ।

0 Comments

Related Reports