Incident Reports

अधिकारी हत्या आरोपीत पौडेललाई म्याद थप l

2013-12-08

Gandaki, Gorkha, Gandaki, Ward 3

Sabitri Sapkota गोरखा फुजेल-७ का कृष्णप्रसाद अधिकारीको हत्याका आरोपीत मध्येका एक अजिव भनिने परशुराम पौडेलललाई थप अनुसन्धानको लागि मङ्सिर २३ गते १२ दिनको म्याद थप गरिएको छ । चितवन जिल्ला अदालतका न्यायधिस विनोद मोहन आचार्यको एकल इजलासले थप अनुसन्धानको लागि भन्दै सो म्याद थप गरेको हो । सो घटनाको अनुसन्धान प्रक्रिया बाँकी नै रहेको र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयले समय माग गरेको हुनाले १२ दिनको म्याद थप गरिएको जिल्ला अदालतका स्रेस्तेदार विद्याराज पौडेलले बताए । थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट १५ दिनको थप समय मागेकोमा अनुसन्धानको लागि १२ दिनको म्याद अदालतले दिएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी प्रद्युम्न कार्कीले बताए । प्रतिवादीको तर्फबाट ९ जना कानुन व्यवसायीले म्याद थप गर्न नहुने भन्दै बहस गरेका थिए । उनिहरुले द्वन्द्वकालको घटना भएकोले सत्य निरुपण तथा मेलमिलाप आयोगले यसको टुङ्गो लगाउने भन्दै म्याद थप नगरी पौडेललाई रिहा गर्नुपर्ने माग गरेका थिए । पीडित अधिकारीको तर्फबाट जिल्ला न्यायधिवक्ता एकनारायण लम्सालले बहस गरेका थिए । सत्य निरुपण तथा मेलमिलाप आयोग गठन नभएको अवस्थामा सरकारले यस घटनाको अनुसन्धान गर्नको लागि निर्देशन दिएको कारण रोक्न नमिल्ने बताएका छन् । पौडेललाई मङ्सिर २१ गते राती उनकै निवासबाट प्रहरीले गिरफ्तार गरेको थियो । गोर्खाको फुजेल गाविस- ७ का १८ वर्षीय कृष्णप्रसाद अधिकारीको तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले ०६१ जेठ २४ गते अपहरण गरी हत्या गरेका थिए । एसएलसीको परीक्षा सकेर बसेका अधिकारी चितवनको रत्ननगर नपा-१ बकुलहरमा रहेका आफ्ना हजुरबुबा र हजुरआमालाई भेट्न जेठ २३ गते चितवन आएका थिए । सावित्री सापकोटा

0 Comments

Related Reports