Incident Reports

सापकोटालाई सभामुख नबनाउन धर्ना

2020-01-22

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय काभ्रेमा ज्यान मुद्दामा किटानी जाहेरी दर्ता भएका अग्नि सापकोटालाई सभामुख बनाउन लागिएको भन्दै सरोकारवालाले विरोध जनाएका छन्। ‘हत्या घटनामा अनुसन्धानको क्रममा रहेका व्यक्तिलाई सभामुख नबनाऊ’ भन्ने नारा लेखिएका ब्यानर लिएर काठमाडौंको माइतीघर मण्डलामा बुधबार विरोध कार्यक्रम भएको हो।

काभ्रेका अर्जुन लामालाई अपहरणपश्चात हत्यामा संलग्न भएको भन्दै किटानी जाहेरी दर्ता भैसकेका नेकपाका पोलिटब्युरो सदस्य सापकोटालाई सभामुख पदको निर्वाचनमा मनोनयन गरिएकोप्रति अधिकारकर्मीले आपत्ति जनाएका हुन्। सापकोटालाई सभामुख बनाउने नेकपाको निर्णयले कानुनी शासनको धज्जी उडाएको भन्दै टिप्पणी गरेका छन्। आगामी मार्चमा संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्मा हुने नेपालको मानवअधिकार अवस्थाबारेमा नराम्रो सन्देश जाने भन्दै विरोध गरिएको छ।

सापकोटा सभामुखको उम्मेदवारी दर्ता गरिसकेका छन्। प्रतिनिधिसभामा उनी सभामुखका एक्ला उम्मेदवारसमेत हुन्। तत्कालीन नेकपा माओवादीका केन्द्रीय नेता सापकोटाको नेतृत्वमा अर्जुन लामालाई २०६२ साल वैशाख १६ मा अपहरण गरी बेपत्ता बनाइएको थियो। लामाकी पत्नी पूर्णिमायाले जिल्ला प्रहरी कार्यालय काभ्रेमा सापकोटालगायतविरुद्ध किटानी जाहेरी दरखास्त दर्ता गरेकी थिइन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation related to transitional justice and human rights
Actor 1 - Number of people N
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports