Incident Reports

अग्नि सापकोटा विरुद्ध शितलनिवास अगाडि प्रदर्शन गर्ने १२ जना पक्राउ

2020-01-27

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं– नवनिर्वाचित सभामुख अग्नि सापकोटाविरूद्ध राष्ट्रपति कार्यालय शितल निवासअगाडि प्रदर्शन गरिएको छ । सभामुख विरुद्ध प्रदर्शनमा उत्रिएका मानवअधिकारवादीलाई पक्राउ गरेको छ ।

सापकोटाले सोमबार(आज) राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको शपथ लिइरहँदा बाहिर मानवअधिकारीहरु प्रदर्शनमा उत्रिएका थिए । विरोधमा उत्रिएका १२ जनाभन्दा धेरैलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्ना पतिको हत्यामा संलग्न भएको भन्दै सापकोटाविरूद्ध मुद्दा लडिरहेकी पूर्णिमाया लामालगायत पक्राउ गरिएको छ । अदालतमा मुद्दा विचाराधिन रहेको बेलामा सापकोटालाई सभामुख निर्वाचित गरिएको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Secondary Form Detention of Protesters
Primary Cause Contestation related to transitional justice and human rights
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people 12
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports