Incident Reports

कृष्णप्रसाद अधिकारी हत्या घटनाको थुनछेक बहस सुरु l

2014-04-16

Gandaki, Gorkha, Gandaki

Sabitri Sapkota गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या मुद्दाको थुनछेक बहस वैशाख ३ गते दिउँसो ३ बजेबाट चितवन जिल्ला अदालतमा सुरु भएको छ । घटनाको आरोपमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छबिलाल पौडेल र भीमसेन भनिने भिष्मराज पौडेलको बयान सकिए लगत्तै वादी र प्रतिवादी दुवैका तर्फबाट बहस सुरु भएको हो । नेपाल सरकार वादी रहेको सो मुद्दामा जिल्ला न्यायधिवक्ता एकनारायण लम्सालले बहस गरेपछि बहस कार्य सुरु भएको हो । प्रतिवादीका तर्फबाट राष्ट्रिय मानवअधिकार सरोकार केन्द्रका केन्द्रीय अध्यक्ष अधिवक्ता विश्वप्रकाश भण्डारी नेपाल बार एसोसिएसनका पूर्व महासचिव अधिवक्ता रमनकुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायधिवक्ता मुक्तिनारायण प्रधान, अधिवक्ता रमेशकुमार मैनाली, अधिबक्ता प्रेम सिंह धामीले बहस गरेका थिए । प्रतिवादीको तर्फबाट बहस गर्ने अधिवक्ताहरुले घटनाको अनुसन्धान नै गर्न परे पनि थुनामा रहेका व्यक्तिहरुलाई साधारण तारेकमा छोडेर अनुसन्धान गर्नुपर्ने तर्क राखेका थिए । सो घटनामा आरोप लगाइएका व्यक्तिहरु निर्दोष रहेको भन्दै उनीहरुले चलाउनै नहुने मुद्दा चलाउन निर्देशन दिएको भन्दै महान्यायधिवक्ताको कार्यालय र सरकारलाई आरोप समेत लगाएका थिए । आफ्ना पक्षलाई रिहाई गर्नुपर्ने कुरा राख्दै अधिवक्ताहरुले शान्ति प्रक्रिया भङ्ग गर्ने कार्य भएको जनाएका थिए । प्रतिवादीको तर्फबाट चितवन, काठमाडौँ लगायत अन्य जिल्लाका गरेर हालसम्म जम्मा २६ जना अधिवक्ताले वकालत नामावली दर्ता गराएकोमा आज ६ जनाले मात्र बहस गरेको र बाँकी भोली सुचारु रहने चितवन जिल्ला अदालतमा स्रेस्तेदार विद्याराज पौडेलले बताए । यसैबीच, वादीको तर्फबाट बहस गर्न अधिवक्त दिनेश त्रिपाठी चितवन पुगिसकेका र उनले भोलि वादीको पक्षमा बहस गर्ने बताइएको छ । सावित्री सापकोटा

0 Comments

Related Reports